प्रबासी नेपाली मन्च स्पेनको तेस्रो अधिबेशन डिसेम्बर ७ मा हुने


बसन्त रानाभाट,

बार्सिलोना-

प्रबासी नेपाली मन्च स्पेनको तेस्रो अधिबेशन आगामी डिसेम्बर ७ तारिक बार्सिलोनामा हुने भएको छ।

मन्चले अधिबेशन सफल पार्नको लागि अध्यक्ष मुक्त बहादुर गुरुङको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । सम्पूर्ण कार्य समितिका सदस्यहरु समितिमा रहने गरि उप- संयोजकको जिम्मेबारी उपाध्यक्ष अमर गुरुङलाई दिएको छ।

मन्चका अध्यक्ष एबम मूल आयोजक समितिका अध्यक्ष गुरुङले अधिबेशन सफल बनाउनको लागि अब छिट्टै नै निर्बाचन समिति लगायत बिभिन्न उप समितिहरु गठन गर्ने नेपालीनेपाली डटकमलाई जानकारी दिए।

प्रबासी नेपाली मंच स्पेन सन् २००७ डिसेम्बरमा पुष्प राज तिमिल्सिनाको अध्यक्षतामा गठन भएको हो। सन् २०१० र २०१२ मा गरि मंचका दुई वटा अधिबेशन यस अघि बार्सिलोनामा सम्पन्न भईसकेका छन् ।  मन्चको पहिलो र दोस्रो अधिबेशनबाट क्रमश पुष्प राज तिमिल्सिना र मुक्त गुरुङ अध्यक्ष बनेका थिए।

अहिलेसम्म मन्चका कार्यसमितिहरु निर्बाचनबाट नबनेकाले  सर्ब-सहमतबाट नै कार्यसमिति बन्ने आकलन गरिएको छ ।