पोखराको रामबजार महोत्सव सम्पन्न,झण्डै तीन लाखले अवलोकन गरे


 

पोखरा,/ पोखराको रामबजारमा आयोजित रामबजार स्वर्ण महोत्सव मङ्गलबार सम्पन्न भएको छ।शनिवारदेखि शुरु भएको महोत्सव झण्डै तीन लाख दर्शकले अवलोकन गरेको प्रचार संयोजक एवं प्रवत्ता खगेन्द्र क्षत्रीले जानकारी दिए। महोत्सवको आकर्षणमा रामबजारको पुरानो फोटो तथा चित्र प्रदर्शनी, ख्यातिप्राप्त कलाकार र व्याण्डहरुको साङ्गितिक कार्यक्रम, देउसी भैलो, लोक नृत्य प्रतियोगिता, बाल उद्यान, फुड फेष्टिबल, विभिन्न जातजातीका झाँकी रहेका थिए।

1912110_757806370933469_1724813483838625259_n

रामबजारलाई नै झिलिमिलि वत्तिले सिगांरिएको दृश्य हेर्न साँझमा दर्शकको बढि घुईचो लाग्ने गरेको थियो।साँझ परेपछि झिलिमिलि वत्तिले सिगांरिएको बजारको दृश्य र ख्यातिप्राप्त ब्याण्डहरुको प्रस्तुतीले दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो। महोत्सव सोचेभन्दा बढि सफल भएकोभन्दै क्लवले खुशी व्यक्त गरेको छ। उत्साहजनक सहभागिताका साथ महोत्सव सम्पन्न भएको ठानेका छौ क्लवका अध्यक्ष तिलकबहादुर गुरुङले भने – महोत्सवलाई सघाउनेहरुप्रति आभारी छौ। रामबजारको पहिचान र विकासको मुख्य उदेश्यले महोत्सव आयोजना गरिएको हो।

10659428_757805277600245_7885750798163164473_n

महोत्सवबाट बचत हुने रकम रामबजारमा सोलार वत्ति जडान र शिक्षा क्षेत्रको विकासका लागि खर्च गरिने बताइएको छ। महोत्सव समापन समारोहमा बोल्दै समाजसेवी सूर्यबहादुर के.सीले युवालाई कुलतबाट जोगाउनु पर्ने बताए। देश बनाउन युवाहरुको ठुलो भुमिका रहेकोभन्दै उनले युवाहरुले गर्ने रचनात्मक कामलाई सवैले सघाउनुपर्नेमा जोड दिए। उनले जात, भाषा र धर्मको कुरा छाडेर राम्रो काम गर्नेलाई सम्मान गर्नुपर्ने आवश्यकता औल्याए।
पुर्वसांसद समेत रहेका के.सीले देशको ठुलो रोगका रुपमा भ्रष्टाचार रहेकोभन्दै चिन्ता व्यक्त गरे। मुलुकले सज्जन प्रधानमन्त्री पाएपनि उनको कार्यक्षमतामा भने प्रश्न उठेको उल्लेख गरे।

1010405_757806147600158_6155044030558395545_n

उनले रामबजारमा सोलार वत्ती जडान गर्नका लागि एक लाखभन्दा बढि रकम सहयोग गर्ने प्रतिबद्वता व्यत्त गरे। रामबजार र एयरपोर्टलाई जोड्ने चोर साँघुको पुल मर्मत गरी संचालन गर्न सके रामबजारको अझ बढि प्रबद्र्वन हुन सक्नेभन्दै सो पुल मर्मतका लागि काम शुरु गरे पाँच लाख रुपैया सहयोग गर्ने पनि घोषणा गरे। रामबजार सोसाईटी यू.केका सल्लाहाकार डा चन्द्रबहादुर गुरुङले रामबजारको पहिचानको लागि महोत्सवले महत्वपुर्ण भुमिका खेलेको उल्लेख गरे।