मनाङमा पाँच पर्यटक मृत भेटिए


मनोज बस्‍नेत

पोखरा / मनाङको काम्लाङ र फु गाविसको बीचमा रहेको खोलामा चार जना क्यानेडियन र एकजना भारतीय पर्यटकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।

घटनास्थलबाट शव संकलन भइरहेको प्रहरीले जनाएको छ । शव लिनका लागि घटनास्थलमा हेलिकोप्टर पठाइएको प्रनाउ रेग्मीले बताए । उनीहरु पानारोमा हिमाली ट्रेक र हिडन ट्रेक नेपालले उनीहरुले अन्नपूर्ण पदयात्रामा लगेको थियो ।

त्यसैगरी मनाङमै हिउँमा पुरिएर घाइते भएका चारजनाको हेलिकोप्टरबाट उद्दार गरिएको छ । अलपत्र पर्यटक र हिमपहिरोमा बेपत्ता नागरिकको तीब्र गतिमा खोजी भइरहेको प्रहरीको भनाइ छ ।
फाइल फोटो annapurna post