इपीएस भाषा परीक्षाको परीक्षाफल सार्वजनिक


काठमाडौं /दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत लिएको भाषा परीक्षाको परीक्षाफल बुधबार सार्वजनिक भएको छ ।
परीक्षामा ३ हजार ६३६ परीक्षार्थी उत्तिर्ण भएका छन् । जसमा औद्योगिक क्षेत्रतर्फ २ हजार ७६८ र कृषि क्षेत्र अन्तरगत ८९५ जनन उत्तिर्ण भएका छन् ।
भाषा परीक्षा असोज १० र ११ गते भएको थियो । ६२ हजार ५१४ जनाले आवेदन दिएकोमा ५८ हजार ७७० ले भाषा परीक्षा लिएका थिए ।