फुटबल हेर्दै रमाउने स्पेनका नेपाली अब मैदानमा भिड्ने,दिपावली कप फुटबल प्रतियोगीता हुदै


बसन्त रानाभाट
बार्सिलोना

बार्सिलोना र रियल मड्रिड जस्ता महारथी फुटबल क्लबहरु रहेको स्पेनमा बसोबास गर्ने नेपालीहरु बीच फुटबल प्रति चासो र रुचि बढ्नु स्वभाबिक हो । प्राय : जसो सिजनका सबै खेलहरु हेर्दै फुटबलको मज्जा लिने नेपालीहरु अब भने आफै मैदानमा भिड्ने भएका छन्। गैरआबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद स्पेनले “दिपावली कप फुटबल प्रतियोगिताको” आयोजना गर्दै मैदानमा भिड्ने मौका जुराएको छ।
गत बर्ष देखि शुरु गरिएको प्रतियोगितालाई शुभ- दिपावलीको अबसरमा यस बर्ष पनि निरन्तरता दिएको संघले जनाएको छ।
फुटबल हेर्दै हुर्केका नेपाली बालबालिकाहरुलाई पनि उनीहरुको प्रतिभाको सम्मान गर्दै पहिलो चरणको प्रतियोगीतामा समाबेश गरिने भएको छ । पहिलो चरणको प्रतियोगितामा १४ बर्ष मुनिका खेलाडीहरु बीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली बालबालिकाहरु पनि पछिल्लो क्रममा स्थानीय फुटबल क्लबहरुमा आवद्द भई फुटबल खेल्ने क्रम बढी रहेको बेला प्रतियोगितामा समाबेश भई आफ्नो क्षमता मैदानमा देखाउदा खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

1402153_10153401558220567_359217929_o
अर्को तर्फ दोस्रो चरणको प्रतियोगिता खुल्ला रहने छ ,अर्थात उमेरको कुनै रोकतोक रहने छैन। आ- आफ्नो संघ सस्थाको प्रतिनिधित्ब गर्दै प्रतियोगितामा समाबेश गर्ने गर्छन्। फुटबल हेरेर रमाउनेहरु प्रतियोगीतामा बढी सहभागिता जनाउने हुदा यस चरणमा गोलको वर्षा धेरै हुने गर्दछ । गत बर्ष ७ समुहले सहभागिता रहेको थियो भने यस बर्ष सहभागिता झन् बढ्ने अनुमान गरिएको छ।

1403562_10153401551725567_754490993_o
संघका कोषाध्यक्ष एबम तयारी समितिका संयोजक हेमन्त रानाभाटले सबै नेपाली समुदायलाई खेलमा सहभागिता जनाउन र प्रतियोगिता सफल पार्न अनुरोध गरेका छन्। नेपाली नेपाली डटकम सँग कुरा गर्दै उनले भने “गत बर्ष भन्दा यस बर्ष अझ ब्यबस्थित गर्ने कोशिस गरेका छौ। त्यसैले पुरस्कारमा पनि बिजेतालाई ३०१ युरो र उपविजेतालाई १५१ युरो नगदका साथमा ट्रफी र प्रमाणपत्र पनि राखेका छौ । उनले धेरै फुटबल हेर्ने हाम्रो समुदायले अब खेलेर आपसी सम्बन्ध प्रगाढ पार्दै प्रतियोगिता पनि सफल पार्नेमा बिश्वास राखेका छन्।

1398444_10153401554380567_1811743805_o-2
नोभेम्बर २ तारिक आईतबार बार्सिलोनामा हुने प्रतियोगिताको खुल्ला तर्फको समुह दर्ता शुल्क ९० युरो राखिएको छ। केहि समय अघि मात्र दशै तिहार बिशेष सास्कृतिक कार्यक्रम सम्पन्न गरेको संघले चाडपर्ब र समय सान्दर्भिक कार्यक्रम साथमा आपत-विपतको घडीमा रकम संकलन लगायतका सामाजिक कार्यक्रमलाई निरन्तरता दिदै आएको छ।

तस्बिर:- सुबास बहादुर बिष्टको फेसबुक पेजबाट ,गत सालको फाईल फोटो

तयारी समितिले नेपाली नेपाली डटकमलाई दिएको पूर्ण जानकारी
मिति ः २ नोभेम्बर २०१४
स्थानः La Bascula
Calle Foc 132
08038, Barcelona
PL Espanya बाट Bus NO: 23 , 13, 37, 9
Pl Espanya Stop ID: 2775
Bus23 Bus towards Parc Logístic
(7 mins, 3 stops)
Foc-Ferrocarrils Catalans Stop ID: 3294
Walk to Bascula Espai Musical (La)
About 2 mins (160 m

समय ः दिउसो २ बजे देखी

प्रथम प्रतियोगिता ः १४ बर्ष भन्दा मुनिका नेपाली तथा नेपाली मुलका खेलाडीहरु सहभागी हुन  सक्ने तथा समुह दर्ता गर्दा अनिवार्य रुपमा परिचयपत्र देखाउनु पर्ने ।

समुह दर्ता तथा शुल्क ः १४ वर्ष भन्दा मुनीका खेलाडीहरुको दर्ता निशुल्क हुनेछ भने समुह दर्ता  अक्टोबर ३१ तारिक भित्रमा कार्यक्रम तयारी समीतीलाई सम्पर्क गरि दर्ता गर्नु पर्नेछ र एक समुहमा ७ जना खेलाडि हुनु पर्नेछ ।

पुरस्कार – ट्रफी तथा प्रमाणपत्र

दोश्रो तथा (खुल्ला) प्रतियोगिता ः नेपाली तथा नेपाली मुलका खेलाडीहरु सहभागी हुन सक्ने ।
समुह दर्ता तथा शुल्क ः समुहको दर्ता शुल्क ९० युरो रहेको छ भने समुह
दर्ता अक्टोबर ३१ भित्रमा कार्यक्रम तयारी समितिलाई सम्पर्क गरि
दर्ता गर्नु पर्नेछ र एक समुहमा ९ जना खेलाडी मात्र हुनु पर्नेछ ।

प्रथम पुरस्कार ः नगद ३०१ युरो ,प्रमाण पत्र र ट्रफी
द्धितिय पुरस्कार ः नगद १५१ युरो,प्रमाण पत्र र ट्रफी
सर्वोत्कृष्ट खेलाडी ः ट्रफी तथा प्रमाण पत्र

सम्पर्क ः
हेमन्त रानाभाट – ६३२७७६०४९
सन्तोष श्रेष्ठ – ६३२१९२०८०
प्रकाश भट्टराई – 631107826
रमेश आशिकी पौडेल -632195004
नोट ः खेल मैदानको समय निश्चित भएको हुँदा प्रतियोगीहरुलाई समयमै उपस्थीत भई समयको सदुपयोग गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।

हेमन्त रानाभाट
कार्यक्रम संयोजक