पोखरेली महिला उद्यमीहरु बैंकक यात्रामा


पोखरा/
मेट्रो इन टुर्स एण्ड ट्राभल्सको आयोजनामा पोखरेली महिला उद्यमीहरु आइतबार थाइल्याण्डको बैंकक यात्रामा निस्केका छन् । ट्राभल्सका प्रबन्ध निर्देशक कमला गिरीको संयोजकत्वमा विभिन्न पेशा व्यवसायमा संलग्न १४ जना महिलाहरु साताव्यापी उक्त भ्रमणमा निस्केका हुन् ।
प्रोफेसनल वुमन टुर्स नाम दिइएको यस भ्रमणमा विभिन्न पेशा एवं ब्यवसायिक क्षेत्रमा संलग्न दिदी बहिनीहरुको सहभागिता रहेको गिरीले बताइन् ।
भ्रमण टोलीका एक सदस्य गुरुङ्ग हर्वल ब्युटी पार्लरकी प्रबन्ध निर्देशक चीनु गुरुङ्गले महिला दिदी बहिनीहरुलाई उत्साही गराउँदै यस्तो प्रकारको कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदै विगतमा जस्तै यसपटकको भ्रमण पनि फलदायी हुने कुरामा विश्वास व्यक्त गरिन् ।
भ्रमण टोलीका अर्का सदस्य लिटिल स्टेप उ.मा.वि. का संस्थापक तथा प्राचार्य पम्फा गुरुङ्गले यस प्रकृतिका भ्रमणबाट महिलाहरुमा आफूमा अझ बढि आत्मविश्वास बढ्ने बताइन् । उनले ब्यवसायिक आत्मविश्वास अभिबृद्घि गर्न समय समयमा यसप्रकारका गतिविधि आवश्यक रहेको कुरामा जोड दिइन् ।
कम्पनीका अध्यक्ष प्रकासचन्द्र वाग्लेले सधैँं काममा ब्यस्त दिदीबहिनीहरुलाई बाहिरी वातावरणमा पनि घुलमिल हुन र नयाँ ठाउँमा भए गरेका ब्यवसायिक गतिविधिबारे अवगत गराउन भ्रमण कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
ट्राभल्सका प्रबन्ध निर्देशक कमला गिरीले महिलाहरुलाई सृजनात्मक ब्यवसाय गर्न यस्ता गतिबिधिले सहयोग पु¥याउने साथै यसले महिलाको क्षमता अभिबृद्घि गराउने कार्यमा समेत टेवा दिने हँुदा यस्तो कार्यमा सदा लागि रहने बताइन् । गत वर्ष चीनको खासामा सम्पन्न भएको भ्रमण कार्यक्रमबाट आफूलाई उत्साह मिलेको हुनाले यसपटक पनि यस्तै कार्यक्रमको निरन्तरता दिइएको पनि उनले बताइन् । भ्रमण टोलीमा ब्यवसायी सीता बराल, सोमिता खड्का, बसन्ता के.सी., सबिता बराल, मनिपाल टिचिङ्ग हस्पिटलका बरिष्ठ डा. सुवर्ण मन्जरीकारका साथै बैंकर बुद्घिलक्ष्मी गुरुङ्ग, समिन गुरुङ्ग पनि सहभागी छन् । साथै समाजसेवी चुत्राकुमारी थापा एवं हिरादेवी गुरुङ्गका साथै चर्चित लोकगायिका सुकमाया ज्वारचन थकाली पनि सहभागी छिन् ।
भ्रमणका क्रममा थाइल्याण्डको बैंकक, पटयालगायत पर्यटकीय स्थलको अवलोकन गर्ने र केही स्थानीय उद्यमीहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । आइतबार काठमाडौ प्रस्थान गरेको सो टोली असोज २७ गते बैंककका लागि प्रथान गर्ने र कार्तिक ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।