तमु प्ये ल्हु संघको रजत जयन्ती कात्तिक २, ३, ४ गते प्रमुख अतिथि मन्त्री साउद, महोत्सवमा कार्यक्रम गरिने


पोखरा, २७ असोज

पोखरा ११ रानीपौवा शक्तिघाटमा कार्यालय रहेको तमु प्ये ल्हु संघ केन्द्रीय समितिले कात्तिक २, ३ र ४ विविध कार्यक्रम रजत महोत्सव मनाउने भएको छ ।
कात्तिक २ गते तमु प्ये ल्हु संघ फ लि ना क्होइवोबाट मोटरसाईकल र्याली, ३ गते पोखरासभागृहबाट झाँकी जुलुस सहित प्ये ल्हु संघमा पुगी सिचाई मन्त्री एन पी साउदको प्रमुख आतिथ्यमा कार्यक्रम महोत्सवको उद्घाटनसँगै विविध कार्यक्रम गरिने ४ गते रजत महोत्सको समाज गरी तमु प्ये ल्हु संघका संस्थापकहरु, परमसंरक्षक सदस्यहरु, विशिष्ट योगदान पुर्याएका व्यक्तित्वहरुको सम्मान, रजत महोत्सव स्मारिका बिमोचन, केन्द्रीय आमा समिति र युवा समितिले विविध साँस्कृतिक प्रस्तुति गर्ने आइतवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा महासचिव पमबहादुर क्रोम्छै तमुले जानकारी दिनुभयो ।
तमु प्ये ल्हु संघ स्थापनाको २५ औं वर्ष प्रवेशको अवसरमा आयोजना गरिने मोटरसाईकल र्यालीले पोखरा नगर परिक्रमा गरिने र मोटरसाईकल र्यालीको तमु प्ये ल्हु संघ युकेले प्रायोजन गरेको मोटरसाईकल र्याली संयोजक बुद्धि च्हम्रु तमुले पत्रकार सम्मेलनमा जानकारी दिनुभएको थियो ।
यसरीनै विभिन्न झाँकी जुलुसका साथ पोखरा सभागृहबाट शुरु भई न्युरोड, बिपीचोक, महेन्द्रपुल, भिमसेनचोक, रानीपौवा हुदै तमु प्ये ल्हु संघमा पुगी उद्घाटन समारोहमा परिणत हुने उत्कृष्ट समाजहरुलाई प्रथमलाई ९ हजार, दोश्रोलाई ७, तेश्रोलाई ५ हजार र सान्त्वनालाई ३ हजार नगद सहित प्रमाणपत्रले सम्मान गरिने भएको छ । उक्त र्यालीमा २८ भन्दा बढी समाजको सहभागीता रहने बताइएको छ ।कार्यक्रम सहभागी संस्थाहरुलाई एकतर्फी यातयातको खर्च समेत प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।
संघका अध्यक्ष क्या.रुपबहादुर गरब्ज तमुको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष एवं सँस्कृतिविद् ले.इन्द्रबहादुर केप्छै तमु, जिल्ला सचिव लोकेन तमु, केन्द्रीय सदस्य कञ्चन ल्हेगे तमु, बुद्धि च्हम्रु तमु लगायतले रजत महोत्सवको विविध पक्षका बारेमा चर्चा गर्नुभएको थियो ।

संघीय पूर्व सैनिक तथा प्रहरी महासंघमा सुवेदार सुर्दशन तमु
हुम तमु
पोखरा, २६ असोज

संघीय समाजवादी पार्टी सम्बद्ध पूर्व सैनिक तथा प्रहरीहरुको आइतवार सम्पन्न भेलाले सुवेदार सुर्दशन तमुको संंयोजकत्वमा २३ सदस्यीय संघीय पूर्व सैनिक तथा प्रहरी महासंघ तदर्थ समिति गठन गरेको छ ।
भेलाले समितिको सहसंयोजकमा सुबेदार तुलबहादुर तमु, सचिवमा क्याप्टेन नरेश थापामगर, कोषाध्यक्षमा सुवेदार कुलबहादुर भुजेल चयन हुनुभएको छ ।
नवगठित तदर्थ समितिले कात्तिक १२ गते पूर्व सैनिक तथा प्रहरीहरुको प्रथम कास्की जिल्ला भेला गर्ने निर्णय गरेको छ ।
भेलालाई संघीय समाजवादी पार्टीका स्थायी समिति सदस्य गणेशमान तमुले विदेशी भुमिका लागि रगत पसिना बगाएका पूर्व सैनिकहरुले आफ्नो अधिकार र पहिचान सहितको संघीयता निर्माणका लागि लड्नुपर्ने बेला आएको बताउनुभयो ।
केन्द्रीय सदस्य देवीराज तमुले तमुवान स्थापनाका लागि पूर्व सैनिक तथा प्रहरीहरुले आवाश्यक परे बन्दुर उचाल्न आग्रह गर्नुृभयो ।
अर्का केन्द्रीय सदस्य पानबहादुर भुजेलले पूर्व सैनिकहरुकै रेमिट्यान्सले धानेको मुलुकमै पूर्व सैनिककै सम्मान हुन नसकेकाले आफ्नो स्वाभिमानका लागि संगठित भई दवाव दिन जरुरी रहेको बताउनुभयो ।
संघीय समाजवादी पार्टी कास्कीका अध्यक्ष दीपक तामाङले नयाँ बन्ने संविधानमा पूर्व सैनिक तथा प्रहरीको अधिकार सुनिश्चित हुनुपर्छ भन्नुहुदै पहिचानसहितको संघीयता, तमुवान सहितको संविधानका लागि सबै आन्दोलिन हुनुपर्नेमा जोड दिनुभएको थियो ।

मेनुका बनिन्, गण्डकी च्याम्पियन–२०७१
हुम तमु
पोखरा, २६ असोज

“कला संस्कृतिको जगेर्ना, नव प्रतिभाको खोजी, स्रष्टा सम्मान एवम् असहाय बालबालिकालाई सहयोग गरौ” भन्ने मूल नाराका साथ नव साधना कला केन्द्रको प्रस्तुती गण्डकी च्याम्पियन–२०७१ (खुल्ला एकल नृत्य प्रतियोगिता)को उपाधि मेनुका पुनले जितेकी छिन ।

पोखरा गैह्रापाटनस्थित पोखरा उद्योग वाणिज्य संघ हलमा सम्पन्न फाइनल प्रतिष्पर्धामा विभिन्न चरण पार गर्दै उत्कृष्ट ११ मध्येकी पुनले उपाधि सहित ५० हजार रुपैया नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन । यसरी नै द्धितिय स्थान हासिल गरेकी प्रतिक्षा थापाले २० हजार, ट्रफी, प्रमाणपत्र र तेश्रो घोषित रिया शर्मा १० हजार नगद, ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत भईन ।
प्रतियोगितामा अनुशासित एवम् उत्कृष्ट भेषभुषातर्फ क्रमशः साहिल गुरुङ र सुनिता थापा मगरले आकर्षक गिफ्ट ह्याम्पर, त्यसैगरी उत्कृष्ट कोरियोग्राफरको उपाधि माया थापाले प्राप्त गर्नुभयो । उक्त प्रतियोगिताको निर्णायक तर्फ गोरे गुरुङ, अमन तामाङ, राजबहादुर गुरुङ र प्रिती गुरुङ रहनुभएको थियो ।
यसैबीच विगत तिन दशकदेखि निरन्तर कला क्षेत्रमा लागिरहनु भएका अग्रज कलाकार कर्ण बहादुर गुरुङलाई सम्मान गरिएको थियो ।
नवसाधना कला केन्द्रका अध्यष संस्थाको अध्यक्ष टकबहादुर गुरुङको अध्यक्षता र अग्रज कलाकार रुपेन बाबु थापा प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सफल पार्न मुख्य प्रायोजक विजी इलेक्ट्रोनिक्स र सह–प्रायोजक लोटस ग्राफिक्स तथा अन्य संघ–संस्थाहरूबाट सहयोग प्राप्त भएको थियो । कार्यक्रममा विगतका कास्की च्याम्पियन, गण्डकी च्याम्पियन तथा एलिजा स्टारका अतिथि कलाकारहरूले गायन तथा नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्नुभएको थियो । यस कार्यक्रमको उद्घोषण सञ्चारकर्मी मन क्षेत्रीले गर्नुभएको संयोजक अब्बु मियाँले जानकारी दिनुभयो ।