लमजुङका रदी खानले बनाए अल्ट्रालाइट, उडान अनुमतिको पर्खाइमा


 

प्रल्हाद चन्द्र घिमिरे
पोखरा /लमजुङ जिल्लाको इसानेश्वर गाविस लक्ष्मीबजारका २४ वर्र्षेे रदी खानले अल्ट्रालाइट निर्माण गरेका छन् । दुई सीटको क्षमता रहेको उक्त अल्ट्रालाइट स्थानिय स्तरमा प्राप्त सामग्रीहरु प्रयोग गरेर बनाइएको खानले बताएका छन् ।

यसअघि नै डोजर, रोवर्ट र बिभिन्न विधुतीय उपकरण बनाएका खानले करिब एक वर्षको प्रयासमा अल्ट्रालाइट निर्माण गर्न सफल भएका हुन् । करापुटारको कुसुमाकर उच्च माबीबाट कक्षा १२ सम्मपढेका उनले करिब ८ लाख खर्चेर अल्ट्रालाइट निर्माण गरेको बताएका छन् । खान अहिले आफुले निर्माण गरेको अल्ट्रालाइट उडाउने दिन पखिर्रहेका छन् ।

प्रशासनले उडानका लागि लिखित स्वीकृति दिन मानिरहेको छैन, खानले भने– “स्वीकृति नपाएको कारण उडानमा ढिलाई भइरहेको छ ।“ अल्ट्रालाइट हेर्नकै लागि दिन दिनै खानको घरमा दैनिक सर्बसाधरणहरु जाने गरेका छन् । पेट्रोलबाट चल्ने (उढ्ने) सो अल्ट्रालाइटको सफल उडान हुन भने बाकी रहेको छ ।

खानले बनाएको अल्ट्रालाइट हेर्न मात्र होइन उनलाई सहयोग गर्ने पनि त्यतिकै छन्, व्यक्तिगत तथा संस्थागत तर्फबाट खानलाइ केहि सहयोग आएपनि उनलाई अल्ट्रालाइट उडाएर सपना पुरा गर्नु छ । कुल दुई सय पचास मिटर लम्बाईको स्थानिय बोटे गाँउको पिस्ती खोला पारीको मैदानबाट सो अल्ट्रालाइट उडाउने तयारी भइरहेपनि प्रहरीको लिखित स्वीकृति खानले यतिबेला कुरीरहेका छन् ।

आफुलाई भाञ्जा जमाल मियाँ, बुबा सफी ओल्ला मियाँ र आमा सुजरता मियाँले निमाणँमा बिशेष हैसला दिएको खानले बताए । उनले निर्माणमा मोटरसाइकलका सामाग्री र अन्य सामाग्रीहरुको प्रयोग गरेको बताए ।