चरेससहित चारजना पक्राउ


बेलौरी (कञ्चनपुर), २० असोज । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट प्रहरीले ७८ किलो चरेससहित चारजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीले गएराति ७८ किलो चरेससहित चारजनालाई पक्राउ गरेको हो ।

कञ्चनपुरको पश्चिमी सीमा क्षेत्र भीमदत्त नगरपालिका–११ भुजेलामा राति १:१५ बजेतिर चरेस ओसारपसार गरिरहेको अवस्थामा चारजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका सई राजेन्द्रप्रसाद चन्दले जानकारी दिनुभयो । उक्त चरेस भारततिर लैजान लागेको प्रहरीको अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बरामद गरिएको चरेस र पक्राउ परेका चारैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।