तीनकुनेको किया गाडी सोरुममा आगलागी (भिडियोसहित)


काठमाडौं,१४ असोज। काठमाडौंको तीनकुनेको किया सोरुममा आगलागी भएको छ । तीनकुनेको किया मोटरको पाटपुर्जा राखिएको सोरुममा आगलागी भएको हो ।
उक्त सोरुममा गाडीका पाटपूर्जाका सामानहरु राखिएका थिए ।
कार्यालय सञ्चालनका लागि चाहिने ज्यानेटरलागयतका सामान आगोमा जलेर नष्ट भएका छन् ।

स्थानीयबासी, प्रहरी र दमकलको मद्दतले आगो नियन्त्रणमा लिइएको छ । आगलागीको कारण खुल्न सकेको छैन । सोरुममा रहेका गाडीहरु भने सुरक्षित छन् ।आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ । सोरुमसँगै रहेका अन्य सटरमा रहेका पसलमा पनि क्षति पुगेको छ ।-onlinekhbar