पोखराको फेवातालमा वाटरबलको परिक्षण


घनश्याम पाण्डेय

पोखरा, ११ असोज/पोखराको फेवातालमा वाटरबल मनोरनजनात्मक खेलको हालै परिक्षण गरीएको छ । वाटरबल खेल परिक्षण मात्रै गरेपछि राम्रो देखि पछि एक महिना पछि ब्यबसायीक रुपमा शुरु गरीने बताइएको छ ।

काठमाडौमा रहेको सिटी टुर्स एण्ड ट्राभल्सले नेपालमा पहिलो पटक भित्राएको वाटरबल पोखरामा पहिलो चरणमा ४ वटा र पछि खेलमा सहभागीहरुको चाप अनुसार वाटरबल थप्ने योजना रहेको सस्थाका पोखरा प्रमुख गोविन्द लामिछानेले बताउनु भयो ।उहाँले शुरुमा फेवाताल र पछि बेगनासतालमा समेत वाटरबल संचालन गर्ने उहाँको भनाई थियो ।

बलजस्तो पलाष्टिक भित्र हावा भरेर पानिमा मानिसलाई पठाइसकेपछि १० देखि १५ मिनेट सम्म मानिस तालमा रमाउन सक्ने छ । विदेशमा बढि खेलीने वाटरबल खेलको शुल्क केही दिन पछि जिल्ला विकास समितिले टुङो लगाउने जिल्ला विकास समितिका प्रमुख इन्जिनियर नारायाण प्रसाद श्रेष्ठले बताउनु भयो ।

तपाईको प्रतिक्रिया