लेखनाथको लक्ष्मी आदर्श उच्च मा.वि मा झुण्डिएको अवस्थामा शव फेला


लेखनाथ,११ असोज।

कास्कीको लेखनाथ नगरपालिका वडा नंं ७ ज्यामिरकुनामा रहेको लक्ष्मी आदर्श उच्च मा.वि मा एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ । विद्यालय बन्द रहेको अवस्थामा विद्यालयको माथिल्लो तलाको रेलिङमा झुण्डिएरको अवस्थामा शव फेला परेको हो । कास्कीकै माझठाना गाविस वडा नं. २ वेतीयानी घर भै लेखनाथको शिशुवामा बस्दै आएका अन्दाजी २३ बर्षिय सानु परियारको शव रहेको प्रहरीले जनाएको छ ।
विद्यालयको माथिल्लो तलाको झ्यालमा डोरी लगाएर रेलिङमा झुण्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले घटनास्थलमा एक नोट भेटाएको छ । सो युवकको मृत्यको सन्वन्धमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय डाँडाको नाक कास्कीका प्रहरी प्रमुख प्रहरी निरिक्षक गंगाबहादुर थापाले जानकारी दिए । शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । युवक केही बर्ष देखी लेखनाथको शिशुवा नजिक एक काठ मेशिनमा काम गर्दै आएका थिए ।