पूर्व प्रधानमन्त्री देउवा लण्डनमा


लण्डन-

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवा छोरा जयवीर सिहं देउवालाई कलेज भर्ना गर्न बेलायत आइपुगेका छन । मंगलबार सांझ लण्डन स्थित हित्रो विमानस्थलमा आइपुगेका देउवालाई स्वागत गर्न बेलायतका लागि कार्यबाहक राजदूत तेज बहादुर क्षेत्री तथा नेपाली कांग्रेसका नेता कार्यकर्ता त्यहां पुगेका छन । देउवा करिब दुई साता यूरोपमा रहने बताएको छ । पूर्वप्रधानमन्त्री देउवाले बेलायतमा रहँदा महत्वपूर्ण राजनीतिक भेटघाटसमेत गर्ने कार्यक्रम तय गरिएको बताइएको छ। आयरल्याण्ड, वेल्स र स्कटल्याण्डमा हुने विभिन्न औपाचारिक कार्यक्रममा देउवाले भाग लिने छन ।

जयवीरको बन्दोबस्ती मिलाउन पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु देउवा पनि साथमै बेलायत आएकी छन ।
। २१ वर्षीय जयविरले यसअघि काठमाडौंको ब्रिटिस स्कुलबाट ए लेभलको कोर्ष पूरा गरेका हुन्। जयवीरले राजनीतिशास्त्रमा स्नातक गर्ने भएका छन्।-nepalbritain