पोखरेली यूवा सांस्कृतिक परिवारको अध्यक्षमा रानाभाट


३ असोज, पोखरा ।
पोखरेली यूवा सांस्कृतिक परिवारको शुक्रबार सम्पन्न ३७ औ साधारण सभाले सुरेश रानाभाटको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । परिवारको उपाध्यक्षमा दिपक समीप, सचिवमा अर्जुन अधिकारी, कोषाध्यक्षमा मोती भुजेल, सहसचिवमा सुरज उपाध्यायलाई निर्विरोध चयन गरेको छ ।
यसैगरी सदस्यहरुमा गनेस पौडेल, शरण आँसु, अमृत सुवेदी गुराँस, हेमकान्ती गुरुङ र सन्तोष बस्याल रहेका छन् । त्यस्तै साधारण सभाले साहित्य संयोजकमा मीलन शेरन र संगीत संयोजकमा श्रीमान थुलुङलाई चयन गरेको छ ।