फेवातालमा अब नयाँ प्रविधिका डुङ्गा


पोखरा, १ असोज /

फेवातालको जलाशयमा रमाउनका लागी पोखरामा एक कम्पनिले तालमाथि तैरिएर बस्न, घुम्न, माछा मार्न र योगासमेत गर्न मिल्नेखालको नयाँ प्रविधि भित्रयाएको छ । स्ट्याण्डअप प्याडल नेपालले भित्रयाएको यस्तो प्रविधिले पर्यटक आकर्षित गर्ने कम्पनिको दावि छ ।
कम्पनिका म्यानेजर सुजन थापाका अनुसार फाईबरबाट बनेको हावा भर्न मिल्ने ‘प्याडल बोर्ड’ अहिले फेवातालमा संचालन गरिएको छ । फाईबरबाट बनेको हलुका प्रकारका यी बोर्डमा बसेर तालमाथि तैरिन सकिने जानकारी दिए । ‘ब्यालेन्स मिलाएर तैरिएर बस्न मिल्छ । यसैमा बसेर माछामार्न पनि सकिन्छ । त्यसबाहेक योगा गर्न पनि मिल्छ’ थापाले भने, ‘नेपालमै नौलौ प्रविधि हो । पौडि खेल्न र डुंगा चलाउन जान्ने मान्छेले यसमा बसेर आनन्द लिन सक्नेछन् ।’

चिनबाट ल्याईएका यी बोर्ड पानीमा तैरिने भएकोले रमाउन चाहनेले बहनाको सहयोगले यताउती घुम्न पनि सक्नेछन् । प्रतिगोटा एकलाख रुपैयाँ खर्चेर कम्पनिले १६ वटा यस्ता बोर्ड पोखरा भित्रयाएको छ । यी बोर्ड स्वदेशी तथा विदेशी पर्यटकलाई भाडामा लगाउने गरिएको छ । ‘लाईफ ज्याकेट लगाएर तालको कुनाकुनासम्म घुम्न चाहनेलाई यो निकै नै सहयोगि हुृन्छ’ उनले भने, ‘पोखरामा पर्यटक आकर्षण गर्ने नौलो साधन भएकोले यसको प्रयोगकर्ता थपिँदै गएका छन् ।’

sup-nepal-3-

थापाका अनुसार यो प्याडल बोर्ड प्रयोग गर्दा एकदिनको ३५ सय, आधा दिनको २ हजार र १ घण्टाको ७ सय रुपैयाँ भाडा लाग्छ । एकजना मात्र सयर गर्न मिल्ने यो बोर्डमा बस्ने ठाउँ हुन्छ । त्यसमै बसेर यताउती घुम्न मिल्छ । ‘सुत्न र फिसिङ गर्न समेत मिल्ने भएकोले यसमा रमाईलो हुन्छ । विदेशीले यसलाई निकै नै रुचाएका छन् । यसको प्रयोगकर्ता बढेका पनि छन’ उनले भने, ‘तीनमहिना अघि ल्याएका हौ । अहिले यसको प्रयोग दिनहुँ बढिरहेको छ ।’ प्याडल बोर्ड लैजानुअघि यसका प्रयोकर्तालाई सिकाएर मात्र पठाईन्छ । आवश्यक परेमा सहयोगी समेत पठाइन्छ । थापाका अनुसार पोखरा आएका चिनियाँ, रसियन र डेनमार्कका पर्यटकले यी बोर्ड बढिमात्रामा रुचउने गरेएका छन् । चिनमा यस्ता बोर्डको अत्यधिक प्रयोग हुने भएकोले पनि चिनियाँले यसलाई रुचाएको उनले बताए ।