जनसम्पर्क समिति स्पेनको चौथो अधिबेशन सम्पन्न, डुम्रेको अध्यक्षतामा नयाँ कार्य समिति गठन


बसन्त रानाभाट
बार्सिलोना-
नेपाली जनसम्पर्क समिति स्पेनको चौथो अधिबेशन मंगलबार बार्सिलोनामा सम्पन्न भएको छ । अधिबेशनले सर्बसहमत रुपमा शालिकराम डुम्रेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा बेद राम कडेल र बिष्णु रिजाल, महामन्त्री पदम दबाडी, सह महामन्त्री प्रकाश भट्टराई र कोषाध्याक्षमा राम सापकोटाको नाम घोषणा गरेको छ ।
यस्तै कार्यसमितिमा सदस्यहरुमा उमेश अधिकारी ,सन्तोष श्रेष्ठ ,हिरालाल सापकोटा ( डायमण्ड ), बिनोद लामिछाने ,जिबन भुषाल ,सिता सिंह थापा ,राम शरण थापा ,नारायण पौडयाल ,पुरुषोत्तम भट्टराई र राम प्रसाद सापकोटा ( बिराज) रहेका छन् ।

अधिबेशनमा उपाध्यक्षको रुपमा आफ्नो नाम घोषणा भए पछि कडेलले आफु कार्यसमितिमा नरहने सार्वजनीक रुपमा नै बताएका छन् । नेपालीनेपाली डटकमसँग कुराकानीमा पनि कडेलले भने ” मैले अध्यक्षको दाबी गरेर अन्तिम समयमा छोडेको हु ,आफुलाई बरिष्ट उपाध्यक्षमा राखिएन मेरो उचित सम्मान भएन ।अब म यो कार्यसमितिले संशोधन गरेर वरिष्ट उपाध्यक्ष बनाए पनि समितिमा बस्दिन।”

चिन्तामणी सापकोटा संयोजक रहेको समन्वय समितिले यस अघि छलफल गरि सर्बसहमत बनाएको कार्यसमितिको नामावली निर्बाचन समितिलाई बुझाएको थियो ।आफुलाई पाप्त कार्यसमितिको सूचीलाई नै घोषणा सभामा प्रस्तुत गरिएको निर्बाचन समितिले जनाएको छ । मुख्यत उपाध्यक्ष रिजाल र कडेल बीच बरिष्ट को बन्ने बिषयमा सहमती हुन सकेको थिएन । बरिष्ट भनी नतोके पनि अध्यक्ष पछि उपाध्यक्षको नाममा पहिले भने कडेलको नाम नै उल्लेख गरिएको थियो ।

DSC_5807

अधिबेशनको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाली काग्रेसका केन्द्रिय सदस्य, सभासद तथा जनसम्पर्क समन्वय प्रमुख अर्जुन जोशीले समयमा संबिधान बनाउन दलहरु प्रतिबद्द रहेको बताएका छन् । आ-आफ्ननो अडान छोडेर दलहरु लचिलो बने मात्र समयमा नै संबिधान निर्माण हुने जोशीको तर्क रहेको छ ।उनले बिदेशमा रहेका नेपालीहरुको हित हुने गरि उचित सम्बोधन गर्ने प्रतिबद्दता समेत ब्यक्त गरेका छन् ।

कार्यक्रममा गैरआवाशीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदका सल्लाहकार पुष्प तिमिल्सिना, रास्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष एक राज गिरी लगायत बिभिन्न संघ सस्था,संगठनका प्रतिनिधिहरुले बोलेका थिए। अधिबेशनको बन्द सत्रमा प्रस्तुत संगठनको आथिक प्रतिबेदन र प्रगति प्रतिबेदन सर्ब सहमत रुपमा पारित भएको छ । दोस्रो चरणमा घोषणा सभाको रुपमा सम्पन्न कार्यक्रममा सास्कृतिक प्रस्तुतिलाई पनि समाबेश गरिएको थियो।

तस्बिर – भोला लामिछाने

DSC_5775DSC_5839DSC_5852DSC_5828

DSC_5834