पिस चौतारी लायन्स सहित चार संस्थाको पदस्थापन


हरी पन्त

पोखरा ,भदौ २९ –

लायन्स क्लव अफ पोखरा पिस चौतारी, महिलाहरुको संस्था लायन्स क्लव अफ पोखरा पिस होम, लियो क्लव अफ पोखरा पिस चौतारीका साथै नवगठित लायन्स क्लव अफ पिस पोखरा सोसाइटीको २०१४/०१५ का पदाधिकारी एवं सदस्यहरुको संयुक्त पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भयो । पिस चौतारीको नवौं, पिस होमको दोस्रो र लियोको छैटौं पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।

पदस्थापन गर्नेहरुमा पिस चौतारी लायन्सका अध्यक्ष डा.विष्णु चापागाई, निवर्तमान अध्यक्ष बुद्धि मल्ल, प्रथम उपाध्यक्ष धनञ्जय पौडेल, द्वितीय उपाध्यक्ष दीपेन्द्र शर्मा, तृतीय उपाध्यक्ष जीवन बहादुर क्षेत्री, सचिव मगनलाल श्रेष्ठ, कोषाध्यक्ष निरबहादुर थापा, टेमर भरत गिरी, टेल ट्वीष्टर संजीव पौडेल, मेम्वरशिप चियर पर्सन फणिन्द्रप्रसाद तिमिल्सिना, पिआरओ प्रेमप्रसाद दाहाल रहेका छन् । यस्तै पिसहोम लायन्सको अध्यक्ष सुशिला थापा, निवर्तमान अध्यक्ष कल्पना मल्ल, प्रथम उपाध्यक्ष लक्ष्मी गिरी, द्वितीय उपाध्यक्ष दुर्गा थापा केसी, तृतीय उपाध्यक्ष ज्ञानी भण्डारी, सचिव गीता जिसी, कोषाध्यक्ष सुशिला सिग्देल, टेमर लक्ष्मी केसी, टेल ट्वीष्टर सरिता ढकाल लामिछाने, मेम्वरशिप चियर पर्सन दुर्गा तिमिल्सिना, पिआरओ सरिता दाहाल हुमागाइँ रहेका छन् ।
यस्तै लियो पिस चौतारीको अध्यक्ष रविन्द्र बराल, निवर्तमान अध्यक्ष अर्जुन ज्ञवाली, प्रथम उपाध्यक्ष वाशुदेव पौडेल, द्वितीय उपाध्यक्ष दीपेन्द्र तिमिल्सिना, तृतीय उपाध्यक्ष मुक्तिराम रेग्मी, सचिव अनिल ढुङ्गाना, सह–सचिव केशव घिमिरे, कोषाध्यक्ष सुशिल पौडेल, सह–कोषाध्यक्ष रमेश पौडेल, टेमर निकेश थापा, टेल ट्वीष्टर रोशन दवाडी, पिआरओ शंकर थापा, इन्टरनेशनल डाइरेक्टर रञ्जित तिमिल्सिना, इन्टरटेन मेन डाइरेक्टरमा कुशल बराल रहेका छन् ।
यस्तै नवगठित पिस चौतारी सोसाइटी लायन्सको अध्यक्ष अर्जुन ज्ञवाली, प्रथम उपाध्यक्ष रुद्रबहादुर केसी, द्वितीय उपाध्यक्ष दयाल भण्डारी, तृतीय उपाध्यक्ष विलाश सापकोटा, सचिव सन्तोष पौडेल, कोषाध्यक्ष कुशराज तिमिल्सिना, सह–सचिव लोकबहादुर कुँवर, सह–कोषाध्यक्ष सूर्य घिमिरे, टेमर हरिप्रसाद बराल, पिआरओ प्रकाश ज्ञवाली र मनोरञ्जन प्रमुख बोधराज रेग्मी, शिक्षा निर्देशक रमेश थापा, अन्तर्राष्ट्रिय निर्देशक प्रसाद थापा लगायत अन्य १३ जना संस्थापक सदस्यहरुले पदस्थापन गरेका छन् । उनीहरुलाई पदस्थापन अधिकृत डिष्ट्रिक्ट गभर्नर भुगोल शेरचनले खादा र माला लगाइ पदस्थापित गराएकी थिइन ।

त्यस अवसरमा बोल्दै शेरचनले १३ लाख ५० हजार भन्दा बढी सदस्य भएको अन्तर्राष्ट्रियस्तरको एकमात्र संस्था लायन्स भएकाले इमान्दारिपूर्वक काम गर्न पदस्थापित सदस्यहरुलाई आग्रह गरिन् । उनले विश्वको २०५ देशमा लायन्सको सञ्जाल रहेको भन्दै योक्रम बढ्दो रहेको समेत जानकारी गराइन । कार्यक्रमको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रशासक एवं प्रमुख अतिथि दिनेशकुमार थपलियाले लायन्सको खुलेर प्रशंसामात्र गरेनन् लायन्समा लाग्ने सबै व्यक्ति पवित्र र आफू सरकारी सेवामा लागेर अपवित्र बनेको बताए । लायन्सको दर्शनले राष्ट्रियता हराउँदै गएको र संघीयतामा जान लागेको देश नेपालमा राष्ट्रियता जोगाउन र राष्ट्रिय अखण्डलाई कामय राख्न ठूलो मद्धत गरेको उनले दावी गरे ।

लायन्सले एकता र सद्भाव कायम गरेको भन्दै क्षेत्रीय प्रशासक थपलियाले नैतिकवान, अनुशासित र आत्मसम्मानित हुँदै सेवाप्रति प्रतिवद्ध भएर लाग्नका लागि प्रेरित गर्ने लायन्सको दर्शन महत्वपूर्ण भएको दावी गरे । आजको समाज नेगेटिभ बाटोतर्फ उन्मुख भएको र त्यहि समाजले कहालिलाग्दो वातावरण सृजना गरेको अवस्थामा लायन्सले सकारात्मक र ईश्वरीय चिन्तन गरेको उनले बताए । कार्यक्रमको पहिलो सत्र पिस चौतारी लायन्सका अध्यक्ष बुद्धि मल्ल र दोस्रो सत्र डा.विष्णु चापागाईको अध्यक्षतामा सम्पन्न भएको थियो । पहिलो सत्रको दीपेन्द्र शर्मा र दोस्रो सत्रको कार्यक्रम मगनलाल श्रेष्ठले संचालन गरेका थिए । कार्यक्रममा पिस चौतारी लायन्सका पूर्व अध्यक्ष दुर्गा हुमागाई, डिष्ट्रिक्ट रिजन चियर पर्सन मोहन खड्का, पूर्व डिष्ट्रिक्ट गर्भनर योगेन्द्र प्रधान, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर ध्रुव थापा, तृतीय भाइस डिष्ट्रिक्ट गभर्नर बालकृष्ण बुर्लाकोटी, पाष्ट मल्टिपल चियर पर्सन प्रेम बहादुर श्रेष्ठ, निवर्तमान मल्टिपल चियर पर्सन दीपक श्रेष्ठ, लगायतले शुभकामना मन्तव्य राख्दै पिस चौतारी लायन्स, पिस होम र लियोले उत्कृष्ट काम गरेको भन्दै उच्च प्रशंसा गरेका थिए । कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन धनन्जय पौडेलले र शुरुमा ध्वजाको अभिवादन वाशुदेव पौडेलले गरेका थिए ।
यस्तै कार्यक्रममा तीन वटै संस्थाका पूर्व अध्यक्षहरु बुद्धि मल्ल, कल्पना मल्ल, अर्जुन ज्ञवालीले आफ्ना कार्यकालमा भए गरेका कार्यक्रमहरु बारे जानकारी गराउँदै आ–आफ्ना कार्यकालमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने र सहयोग गर्ने सदस्यहरुलाई सम्मान खादा र मालाले सम्मान गर्दै मायाको चिनो समेत प्रदान गरेका थिए । त्यसैगरी चार वटै संस्थाका नयाँ अध्यक्ष डा.विष्णु चापागाई, सुशिला थापा, राजेन्द्र बराल र अर्जुन ज्ञवालीले आफ्नो भावी रणनीति सार्वजनिक गरेका थिए । त्यस अवसरमा बोल्दै पिस चौतारीका अध्यक्ष डा. चापागाईंले लायन्समा आधारित भएर नमूना काम गर्नेै प्रतिवद्धता जनाए । उनले मानिसको किड्नी फेल कसरी हुन्छ र त्यसको निराकण के गरेर गर्न सकिन्छ भन्ने बारेमा समेत जानकारी गराएका थिए । संयुक्त पदस्थापन कार्यक्रममा तीजवटै संस्थाका वार्षिक प्रतिवेदन लगायत गतिविधि समेटिएर प्रकाशित पुस्तक समेत सार्वजनिक गरिएको थियो ।
लायन्स क्लव अफ पोखरा पिस चौतारी ३० जनवरी २००७ मा तत्कालिन अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गठन भएको थियो । संसथाले कास्कीको अर्मला गाविसमा च्याउ खेती संचालन लगायत दुई दर्जन बढी रचनात्मक काम गर्दै आइरहेको बताइन्छ । यसै लायन्सको मातहतमा रहेर शनिबार पदस्थापित अन्य दुई लायन्स र एक लियो क्लव संचालन भएको बताइन्छ । पिस चौतारी लायन्स देशभरका उत्कृष्ट लायन्स क्लवहरुमध्ये एक भएको पाष्ट मल्टिपल चियर पर्सन प्रेम बहादुर श्रेष्ठले बताए ।
बसैबीच कार्यक्रममा सहयोग रकमको ओइरो लाग्यो ।

पिस चौतारी लायन्सले संचालन गर्ने गरी गरिब, अपाङ्ग र असहाय उपचार कोषका लागि अक्षयकोष स्थापना भएको छ । सो कोषका लागि पोखरा–१०, इन्द्रचोक निवासी ६५ वर्षीय नरभुपाल चापागाईं र ६० वर्षीय रञ्जितदेवी चापागाईले रु. एकलाख हस्तान्तरण गरे । सहयोदाता दम्पत्ति आरोग्य होमियोप्याथिक हस्पतालका निर्देशक डा. विष्णु चापागाइँका माता पिता हुन् । डा. विष्णु चापागाईं भान्साको डक्टर र मनको डक्टर पुस्तकको लेखक समेत हुन् ।

यस्तै सो कोषका लागि होमनाथ अधिकारी र जया अधिकारी दम्पत्तिले रु. ५ हजार सहयोग गरेका छन् । यसैगरी दुवै किड्नी फेल भएर रकमको अभावमा उपचार गर्न नसकेका माधव पौडेललाई पिसहोम लायन्सले रु. ५ हजार र लायन्स क्लव अफ नेपाल ३२५ बी १ नेपालका द्वितीय डिष्ट्रक्ट भाइस गभर्नर ध्रुव थापाले रु. ५ हजार सहयोग गरे । यसैगरी डिष्ट्रिक्ट लायन्सले संचालन गरेको डिष्ट्रिक्ट डिजाष्ट्रर फण्डमा नव गठित पिस चौतारी सोसाइटी लायन्स क्लवले १५ हजार, पिस चौतारी लायन्सले ११, एकसय ११, पिस चौतारी लियोले पाँचहजार पाँचसय ५५ र पिस होम लायन्सले समेत पाँच हजार पाँचसय ५५ रुपैयाँ सहयोग गरेका छन् । उक्त सहयोग पदस्थापन अधिकृत भुगोल शेरचनलाई हस्तान्तरण गरिएको थियो ।