साङ्गीतिक साँझ २०७१ आयोजना गरिने


पोखरा, २७ भदौ
त्रिवेणी संगीतालय पोखराले विजयादशमी र शुभदिपावली पर्वको अवसर पारेर शुभकामना सांगीतिक साँझ २०७१ को आयोजना गर्ने भएको छ।
कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न प्रेम साकारको संयोजकत्वमा ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।
उक्त कार्यक्रममा काठमाडौंबाट चर्चित चलचित्र गायक प्रल्हाद तिमिल्सिना, शास्त्रीय सितारवादिका शुसिला अमात्यका साथै पोखरेली चर्चित गायक नरजङ्ग गुरुङ, रामजी पौडेल र ओम गुरुङका साथै हास्य कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले बताएको छ।
कार्यक्रम सम्पन्न गर्न दुई लाख २५ हजार खर्च लाग्ने र एक लाख बचत गर्ने लक्ष्य आयोजकले राखेको छ। बचत रकमको ५० प्रतिशत बाढीपीडित र ५० प्रतिशत कलाकार राहत कोषमा राखिने भएको छ।

यही असोज ११ गते पोखरा उद्योग वाणिज्य र्सघको सभाहलमा हुने उक्त कार्यक्रमा एक सय र दुई सय दरको टिकट राखिएको छ।

स्मरण रहोस् त्रिवेणी संगीतालयक पोखराले विगत वर्षहरुमा आयोजना गरेको सांगीतिका साँझबाट बचेको रकम दुई लाख बराबरको कलाकार राहत कोष स्थापना गरी कलाकारहरुलाई उपचारमा सहयोग र छात्रवृत्ति वितरण गर्ने काम गरिसकेको छ।