दुई मन्च भलिबल कोटको एकैतिर देखा पर्दै ,एकताको सन्देश


बसन्त रानाभाट
बार्सिलोना
स्पेनमा रहेका जन प्रगतीशिल मन्च एमाओबादी र ड्यास माओबादी भलिबल कोर्टको एउटै साईडबाट खेल्ने भएका छन्। बैचारिक रुपमा दुई धार भए पनि समाजिक रुपमा एकताको सन्देश दिनको लागि आफुहरु एक भएको बताएका छन्।
नेपाली जनसम्पर्क समितिले आज बार्सिलोनामा बिपी जयन्तीको उपलक्ष्यमा आयोजना गर्न लागेको भलिबल प्रतियोगितामा दुई वटा मन्चको तर्फबाट एउटा समुह बनाउदै एकताको सन्देश दिन लागेका हुन्।
मन्चहरुले बिशाल ढुङ्गनालाई संयोजक तोकेर सफलताको लागि अग्रिम शुभकामना समेत दिएका छन्।
जन प्रगतीशिल मन्च एमाओबादीका अध्यक्ष महेश्वर कडेलले आफुहरु एकता तर्फ उन्मुख भएको र पहिलो चरण स्वरूप यो एकीकृत भएको सन्देश हो भनेका छन्।
यस्तै जन प्रगतीशिल मन्च ड्यास माओबादीका अध्यक्ष ईश्वर शर्माले नेपालको राजनीतिमा सिधै एकताको प्रभाब पार्न नसके पनि यहाको बस्तुस्थिति र समाजिक कार्य र सहभागितामा आफुहरु एक भएको बताए ।
नेपाली जनसम्पर्क समिति स्पेनले स्व. बि .पी.कोइरालाको १०१ औं जन्म जयन्तिको अबसरमा आज बार्सिलोनामा बि .पी .भलिबल कप प्रतियोगिताको आयोजना गर्दै छ।
कार्यक्रम बारे बिबरण
मिति-९ सेप्टेम्बर २०१४
समय-१३.००(१ बजे )देखि -२२.००(१० बजे)
स्थान- – Carrer Luis Borràs, 25 -08018 Barcelona Metro 4 Besos mar
आयोजक – नेपाली जनसम्पर्क समिति स्पेन