बार्सिलोनामा ढिलै भए पनि तिजको लहर आउदै ,मंचको सम्पूर्ण तयारी पुरा


बार्सिलोना

प्रबासी नेपाली मंच स्पेनले तिज बिशेष कार्यक्रमको सम्पूर्ण तयारी पुरा गरेको छ ।
हरेक बर्ष हरितालिका तिजको उपलक्ष्यमा हुने कार्यक्रम यस बर्ष भने तिज सकिए पछि हुन लागेको हो।
अगस्टको महिनामा नगरपालिका हलहरु बन्द हुने र पार्कमा भन्दा ढिलो भए पनि हलमा कायक्रम गर्न दिदीबहिनीहरुले गरेको आग्रहलाई स्विकार गर्दै आइतबार कार्यक्रम गर्न लागेको मंचले जनाएको छ।
दिउसो ३.३० बजे देखि साँझ ५ बजे भित्र सम्म मात्र दर खुवाउने कार्यक्रम रहेकोले समय भित्रनै उपस्थित भई दिन मंचका महासचिब दिनेश गुरुङले आग्रह गरेका छन्। उनले सबै संघ सस्थाका प्रतिनिधिहरुलाई पत्राचार गरिसकेको जानकारी गराउदै खाना पछि लगत्तै औपचारिक कार्यक्रम र त्यसपछि केहि सास्कृतिक प्रस्तुती रहेको नेपालीनेपाली डटकमलाई बताए। र बाकी समय अडियो संगीत संगै हलमा सामुहिक नृत्य गरिने पनि उनले जानकारी दिए।
खाना ब्यबस्थापनका संयोजक हेमन्त रानाभाटले दिदि बहिनीहरुलाई समयमा नै उपस्थित हुन अनुरोध गरेका छन्। उनले भने हामीले करिब २५० – ३०० जतिको लागी फ्रेस खाना तयारी गरेका छौ । ५ बजे भित्र समयमा नै उपस्थित भई खानको लागि अनुरोध गर्दछौ , यदि समय पछि आउनु हुनेलाई भने संयोजन गर्न नसकिने उनले बताए ।
कार्यक्रम निशुल्क भएकोले पनि कार्यक्रममा बाक्लो उपस्थिति रहने अपेक्षा मंचले लिएको छ ।

कार्यक्रम हुने स्थान-calle sicilia 321बार्सिलोना
मिती – सेक्टेम्बर ७ तारिक आईतबार
समय – दिउसो ३ बजे
मेट्रो- L-4 JOANIC / L-5, L-2 SAGARADA FAMILIA
दर खुवाउने समय- दिउसो ३.३० बाट साँझ ५ बजेसम्म
कार्यक्रम साँझ ५ बजे बाट रातको १२ बजे सम्म.