पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा विन्दुकुमार थापा निर्वाचित


रूद्र श्रीसमगर
पोखरा, २१ भदौ-
पोखरा उद्योग वाणिज्य सङ्घको ३० औं महाधिवेशनबाट अध्यक्षमा विन्दुकुमार थापा कुल खसेको २ हजार ४८ मतमध्ये १ हजार १ सय ४६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
उहाँका प्रतिद्वन्द्वी सञ्जीवबहादुर कोइरालाले ८ सय ८७ मत प्राप्त गर्नुभएको थियो । थापा समूहबाट प्रथम उपाध्यक्षको जिम्मेवारी पाउनुभएका देव क्षेत्रीले १ हजार ५ सय ४५ मत, द्वितीय उपाध्यक्ष मीनराज काफ्लेले १ हजार २ सय ३८, महासचिव रविन्द्रबहादुर प्रजूले १ हजार २ सय ७५, उपमहासचिव प्रकाशदेव पालिखेले १ हजार २ सय ९६ र कोषाध्यक्ष दिलीपराज श्रेष्ठले १ हजार २ सय २२ मत प्राप्त गरी विजयी हुनुभयो ।
त्यसैगरी, कार्यसमिति सदस्यमा सीता गुरुङले १ हजार २ सय ५९, विन्दु कोइराला सुवेदीले १ हजार २ सय १३, र पवनकुमार प्रजापतिले १ हजार १ सय ४ मत प्राप्त गरी विजयी हुनुभयो ।
कोइराला समूहबाट कार्यसमिति सदस्यका लागि उम्मेदवारी दिनुभएका हिरा भट्टराईले १ हजार २ सय ८६, नारायण कोइरालाले १ हजार २ सय ८५, दामु अधिकारीले १ हजार २ सय ६८, दिलीप सुवेदीले १ हजार ४०, विश्वशंकर पालिखेले १ हजार २ सय ३९, ईश्वरप्रसाद कर्माचार्यले १ हजार २ सय ११ मत प्राप्त गरी विजयी हुनुभयो ।
एशोसियटतर्फ अर्जुन पोखरेल र अमरबहादुर केसीको २०÷२० बराबर मत आएकोमा गोलाप्रथाद्वारा अर्जुन पोखरेल विजयी हुनुभएको छ ।
त्यस्तै, थापा समूहबाट उम्मेदवारी दिएका गिरधारी शर्माले ६ सय ९८, जनकराज पराजुलीले ८ सय ८०, नारायण पौडेलले ७ सय ४०, पुष्पराज पराजुलीले ७ सय ८७ र हरिराज पन्तले ६ सय २५ मत प्राप्त गर्नुभएको थियो भने कोइराला समूहबाट उम्मेदवारी दिएका अनिल सिग्देलले ८ सय ४२, देवकृष्ण काफ्लेले ८ सय ८२, धनीराम बरालले ८ सय ३६, बलराम पहारीले ८ सय ६२, मड्डल नेपालीले ७ सय ६१, रामबहादुर बसेलले ९ सय ५९ मत प्राप्त गर्नुभएको थियो । निर्वाचनमा प्राप्त मत निर्वाचन समितिका संयोजक तीर्थ श्रेष्ठले घोषणा गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष विन्दुकुमार थापालाई निवर्तमान अध्यक्ष सञ्जीवबहादुर कोइरालाले सपथ ग्रहण गराउनुभएको थियो भने नवनिर्वाचित अध्यक्ष थापाले नवनिर्वाचित कार्यसमितिका सदस्यहरूलाई सपथ ग्रहण गराउनुभएको थियो ।

pcci-pokhara-bindu-thapa-1
विजयी भएपछि मन्तव्य दिँदै नवनिर्वाचित अध्यक्ष विन्दुकुमार थापाले आफूले सबैसँग मिलेर काम गर्ने बताउनुभयो । पोखरा उद्योग वाणिज्य सङ्घको गरिमा बढाउन काम गर्ने बताउँदै थापाले अहिलेको परिस्थितिमा व्यवसायिक एकता देखाउनुपर्नेमा जोड दिनुभयो ।
नवनिर्वाचित कार्यसमितिलाई लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बाबुराम गिरी र नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले बधाई तथा शुभकामना मन्तव्य दिनुभएको थियो ।

तस्विर:- सागर राज तिमिल्सिना