सहकारी नौनी हो, चलाउन नसके बन्ने तीखो काँडाले घोच्छ ःकोईराला,धनलक्ष्मीको अध्यक्षमा नारायण द्वा


आरजु विष्ट सल्यानी
पोखरा, भाद्र १७
जिल्ला सहकारी संघका अध्यक्ष प्रभा कोईरालाले सहकारी नौनी जस्तो भएकोले सहकारीलाई नौनीको रुपमा ग्रहण गरिरहन को लागि शेयर सदस्यहरु चेतनशिल भईरहन आग्रह गर्नुभएको छ ।
पोखराको नदीपुरमा रहेको धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सातौं साधारण सभा तथा तेश्रो अधिवेशनको आज उद्घाटन गर्दै कोईरालाले भन्नुभयो ः“सहकारीलाई राम्रोसंग चलाउन नसके तीखो काँडा बन्ने र त्यसले आफैंलाई घोच्ने भएकोले चेतनशिल भएर काम गर्नुपर्ने बताउनु भएको हो ।
सहकारीका सात सिद्धान्तलाई आत्मसाथ गरेर अगाडी वढ्न आवस्यक भएकोमा जोड दिदैं ठूलो आर्थिक कारोबार गर्ने संस्थाहरुको झैं महत्कांक्षि नबनि सिमाभित्र रहेर काम गरे भविस्य उज्ज्वल रहेको ठोकुवा गर्नुभयो । उहाँले संस्था जन्माउनु ठूलो काम नभई अशल अभिभावकको खाँचो हुनेहुँदा असल नियत राखे असलै असल फल प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
कोईरालाले सरकारसंग सहकारीको आन्दोलन जारि रहेकोले संचालकहरु पाए जतिका संस्थामा आवद्ध हुने परिपाटिको अन्त्य गरिए सहकारी फस्टाउने र त्यो माग पूरा गर्न सरकार पनि वाध्य हुने बताउनु भयो । त्यस अवसरमा उहाँले राज्यका तीन खम्बे अर्थ नीतिमा सहकारी पनि भएकोले उहाँले भन्नुभयो ः“अब नेता तथा मन्त्रीहरुले पनि सहकारी भनेको के हो ? बुझ्नुपर्छ र बालादेखि प्रौढसम्मले सहकारी शिक्षा लिनुपर्ने बताउनु भयो ।
कास्कीमा ६ सयको हाराकारीमा सहकारी पुगेको अवस्थामा ४३ गाविसमा सहकारी रहेका छन् भने अब सहकारीको विकास प्रत्येक टोलटोलमा गर्न सके सहकारीमा छिरेका बेईमानहरु टाढै भाग्ने दिन टाढा नरहेको प्रस्ट पार्नुभयो ।
अध्यक्ष पुरुषोत्तम पन्तले आफ्नो कार्यकालमा आशा गरिए अनुसारका कामलाई पूर्ण दिन नसकिएपनि नराम्रो भने नभएको बताउनु भयो । ३ वर्षिय कार्यकालमा संस्थागत दायित्व र कर्तव्यलाई प्रमुख ठानेर काम गरेको स्मरण गर्दै सामूहिक एकताबिना सहकारीको विकास नहुने बताउनु भयो । संस्थालाई अव्वल बनाउन निम्न स्तरका सदस्य, बचतकर्ता तथा वजारको दर भाउलाई ख्याल राखेर समयानुकुल जान सके कठिनाई नहुने उहाँको भनाई थियो ।
अहिले आर्थिक क्षेत्रका संस्थाहरुमा सुरक्षाका कुराहरु उठिरहेको बेलामा पन्तले धनलक्ष्मीमा सिसि क्यामेरा जडान गरिएको जानकारी दिदैं शेयर सदस्यहरुलाई पनि समय समयमा संस्थामा गएर राम्रो नराम्रो कामको मुल्यांकन गरेर सल्लाह दिन आग्रह गर्नुभयो ।
वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै पन्तले सदस्य संख्या वढेर ६७९ पुगेको, शेयर पूँजी एक करोड एक लाख एकाउन्न हजार चार सय, निक्षेप संकलन चार करोड, ६७ लाख ३२ हजार भएको, तथा लगानि जम्मा ४ करोड २० लाख ८६ हजार रहेको बताउनु भयो ।
धनलक्ष्मीले निम्न आय भएकाहरुको जीवनस्तर उकास्न विना धितो व्यक्तिगत धनजमानिमा १५ हजार देखि तीन लाखसम्म कर्जा लगानी गर्दै आएकोमा त्यसलाई निरन्तरता दिईएको पन्तले बताउनु भयो । पिपुल्स हाड्रोपावर कम्पनीबाट प्रवन्धन भएको सुपर दोर्दि जलविद्युत आयोजना ख ४९.६ मेघावाट जलविद्युत आयोजनाको लागि कुल शेयर हाल १५ लाख पुर्याएको जानकारी दिनुभयो ।
कार्यक्रममा शेयर सदस्यका एसएलसि, प्रविणता र स्नातक तह उतिर्ण गरेका छोराछोरीलाई शिक्षा सम्मान गरिएको थियो । प्रमुख अतिथि प्रभा कोईरालाले एसएसि उतिर्ण गरेका सुभद्रा पौडेल, सुसान्त क्षेत्री, सुगमभुषण उदास, श्रुती द्वा र गरिमा श्रेष्ठलाई धनलक्ष्मी शिक्षा पुरस्कार प्रदान गर्नुभयो । कक्षा ११÷१२ उतिर्ण रुपा शर्मा तथा स्नातक गरेकि सजिना द्वा र मुना श्रेष्ठलाई पनि पुरस्कार प्रदान गर्नुभयो ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत निम्न आय श्रोत भएका ३ जनाा विद्यार्थीलाई छात्रवृत्तिको लागि ज्ञानभूमि माविकाका प्राचार्य विनोद सुवेदीलाई अध्यक्ष पुरुषोत्तम पन्तले रुपैयाँ १० हजार ५ सयको चेक हस्तान्त्रण गर्नुभयो । यस्तै सल्लाहकार राधेश्याम कायस्थ, उत्कृष्ट बचत कर्ता मञ्जु कायस्थ प्रधान, असल ऋणि मोतीप्रसाद पौडेल र शुभचिन्तक जनता बैंकका निर्देशक चीरञ्जीवि द्वा, संस्थापक अध्यक्ष लक्ष्मीदेवी कायस्थलाई सम्मान गरियो । यस्तै कर्मचारी धर्मराज वास्तोला, कमल भण्डारी, गोविन्द वास्तोला, संगीता अधिकारी, अनिता पौडेल, सीता लामिछाने र गोन्दि ताम्राकारलाई मायाको चीनो प्रदान गरियो ।
नयाँ संचालन समिति निर्विरोध, अध्यक्षमा नारायण द्वा
यसैबिच, धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सातौ साधारण सभा तथा तेश्रो अधिवेशनबाट आगामी ३ वर्षे कार्यकालको लागि नयाँ समिति निर्विरोध भएको छ ।
अध्यक्षमा नारायण द्वा, उपाध्यक्षमा हरिप्रसाद सिल्पकार, सचिवमा गोविन्द ताम्राकार, कोषध्यक्षमा श्रीकृष्ण कतिला रहनु भएको छ । सदस्यहरुमा योगमाया द्वा, यमूना तझ्या, शशिधर पराजुली, भरत कतिला र लक्ष्मीदेवी कायस्थ रहनु भएको छ । निर्वाचन मण्डलमा राजेश भण्डारी, प्रकाश घिमिरे र लेखा परिक्षक ज्ञान बहादुर कार्कि रहनु भएको थियो ।
लेखा समितिमा तेज प्रसाद सापकोटा, धर्मदेव शाह, पशुपती श्रेष्ठलाई चयन गरिएको छ भने ऋण समितिमा पूर्ण बहादुर ताम्राकार, एक पछि थपिने र शिक्षा समितिका दुई जना पछि संचालन समितिको वैठकले पूर्णता दिने भएको छ ।
नवनिर्वाचित समितिका सबैले आजै सपथ ग्रहण गरेका छन् भने संस्थाको हितमा काम गर्न कुनै प्रकारको कसर बाँकि नराख्ने प्रतिवद्धता जनाएका छन् ।