पुरस्कारको पैसाले क्रिकेट एकेडेमी बनाउदै शक्ति गौचन


सागर राज तिमिल्सिना
पोखरा, १७ भाद्र-

नेपाली राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले इन्डोर क्रिकेट एकेडेमीको निमार्ण शुरु गरेका छन् । भैरहवाको पसरीमा रहेको आफ्नै जग्गामा इन्डोर क्रिकेट एकेडेमी निमार्ण शुरु गरेका हुन् । गौचनले टि—२० विश्वकपको खेलमा पुरस्कार पाएको पैसाबाट एकेडेमी निमार्ण थालेका हुन् । टि—२० बाट पाएको करिब २० लाख रुपैया र अन्य क्षेत्रबाट सहयोग उठाएर एकेडेमी सन्चालन गर्न लागेका बताए ।
सहयोग रकमको चेक क्रिकेट खेलाडी शत्ति गौचनलाई हस्तान्त्ररण गदै थकाली सेवा समिति पोखराका अध्यक्ष अमर तुलाचन तस्विर ः सागर राज तिमिल्सिना
तीन कठ्ठा क्षेत्रफलमा निमार्ण हुन लागेको इन्डोर क्रिकेट मैदानको नाम स्टार क्रिकेट एकेडेमी राखेका छन् । मैदान निमार्णका लागी करिब ४८ लाख लाग्ने गौचनले बताए । उनले निमार्णको काम शुरु भैसकेको बताउदै निमार्णका लागी आवश्यक पर्ने रकम संकलनका लागी हिडेको गन्थन डटकमलाई बताए । उनले दुईवटा पिच सहितको खेल मैदान एक वर्ष भित्रमा निमार्ण भैसक्ने उनको भनाइ थियो ।

उनले १ सय ४५ फिट लम्बाइ र २५ फिट चौडाइको मैदान बन्ने बताए । यो मैदान निमार्ण पछि काठमाडौ बाहिर राती र पानी परेको बेलामा पनि खेल्न सक्ने मैदान हुने उनले बताए । उनले आफु ३÷४ वर्ष मात्रै क्रिकेट खेल्न सक्ने बताउदै त्यस पछि एकेडेमीमा क्रिकेट प्रशिक्षकको रुपमा काम गर्ने बताए । एकेडेमी निमार्णको सहयोग संकलनका लागी पोखरा आइपुगेका गौचनले राष्ट्रको नाम उच्च राख्न क्रिकेट सफल भैरहेको भैरहने विश्वास व्यक्त गरे ।
सहयोग रकमको चेक क्रिकेट खेलाडी शत्ति गौचनलाई हस्तान्त्ररण गदै थकाली सेवा समिति पोखराका अध्यक्ष अमर तुलाचन तस्विर ः सागर राज तिमिल्सिना
थकाली सेवा समितिले संकलन गरेको ६ लाख ३७ हजार ४ सय ३१ रुपैया लिदै गौचनले करिब ९ लाख रुपैया संकलन भैसकेको बताए । उनले पोखराबाट सन्चालन गरेको सहयोग अभियान काठमाडौ, बुटवल, भैरहवा र अन्य क्षेत्रमा पनि सन्चालन गर्ने बताए । अहिले मैदान बनाए काम शुरु गर्ने र भविश्यमा १२ वर्ष मुनिका छात्रलाई राखेर एकेडेमी सन्चालन गर्ने सोच रहेको बताए ।