आजको राशिफल,२०७१ साल भाद्र १६ गते सोमबार


राशिफल लेखक/युवा ज्योतिषी ः हरि पन्त

आजको पञ्चाङ्ग
आज मिति २०७१ साल भाद्र १६ गते सोमबार, तदनुसार सिताम्वर १ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, प्लवङ्गनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । वर्षा ऋतु चल्दै छ । चान्द्रमान अनुसार भाद्रपदशुक्लपक्ष चलिरहेको छ । शौरमान अनुसार आज भाद्रपदशुक्लपक्षको सप्तमी तिथि ४५ घटि ३९ पला अर्थात रातिमा ११ बजेर ५८ मिनेटसम्म त्यस उप्रान्त अष्टमी तिथि लाग्नेछ । आज सूर्य सिंह राशिमा रहेको छ भने चन्द्रमा तुला राशिमा ७ घटि ११ पला अर्थात बिहानमा ८ बजेर ३५ मिनेटसम्म त्यस उप्रान्त वृश्चिक राशिमा प्रवेश गर्नेछ । आज दिनमा ३१ घटि ४१ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ४३ मिनेटमा मैत्र मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर २३ मिनेटमा हुनेछ ।

10574407_786949601357670_1998935915222540781_n

आजको राशिफल

मेष ः नकरात्मक सोचाइले गर्दा दिनैभरी कार्य अस्तव्यस्त, आम्दानीभन्दा खर्च बढी हुनाले दिनभर तनाव झेल्नु पर्नेछ ।
वृष ः सकारात्मक सोचाइ बढ्ने, व्यापार व्यवसायबाट लाभ पाइने, स्वास्थ्यमा क्रमशः सुधार हँुदै जानेछ ।
मिथुन ः समय महत्वपूर्ण रहेकोछ एक्कासी पूरानो प्रेमीका भेट हुनाले दिन खुसीयाली, धार्मिक कार्यको पनि लगाव बढ्नेछ ।
कर्कट ः अनावश्यक झमेलामा फसिनेछ, गर्दै आरहेको काममा एक्कासी अवरोध आउनेछ, स्वास्थ्यमा खरावी आउनेछ ।
सिंह ः व्यापार व्यवसायमा मन्दी आउनेछ, धनमाल लुटिन सक्नेछ चनाखो हुनु राम्रो हुनेछ, यात्रामा बाधा आउनेछ ।
कन्या ः पारिवारिक सहयोगले कार्य सम्पन्न, नयाँ कार्यक्षेत्रमा प्रवेश हुनेछ, आदर सत्कार पाइने, स्वास्थ्य राम्रो रहनेछ ।
तुला ः आफन्तजनसँग मनमुटाव हुन सक्छ, खर्चमा एक्कासी वृद्धि हुनेछ, छोराछोरीबीच झगडा हुदाँ तनाव बढ्नेछ ।
वृश्चिक ः एकमुष्ट रकम संकलन भई बैंक व्यालेन्स बढ्नेछ, नविन कार्यको थालनी हुनेछ, दिन शुभ रहनेछ ।
धनु ः मनोरञ्जन तिर मनजाने, रमाइलो भ्रमणको अवसर, पारिवारमा खुसीयालीले गर्दा दिन सुखमय हुनेछ ।
मकर ः दिन सामान्य रहेकोछ, शुरु गरेका कार्य अधुरा हुनेछन्, पेटमा गडबढ हुन सक्ने, खानामा सावधानी अपनाउनुहोला ।
कुम्भ ः दिन तथा समय दुवै खराव रहनाले पारिवारिक कलह भइ इज्जतमा दाग लाग्नेछ सर्तक रहनुहोला ।
मीन ः आम्दानीमा वृद्धि, आफ्नै पेशाप्रति असन्तुष्टि, मिष्ठान्न भोजन प्राप्ति, हराएको बस्तु फेला पर्ने सम्भावना छ ।
आजको साइत ः आज उत्तर र पश्चिम दिशाको बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
आजको शुभ, लाभ र अमृत बेला ः आज २०७१ साल भाद्र १६ गते सोमबार बिहान ५ः४३ बजेदेखि ७ः१३ बजेसम्म अमृत बेला, बिहानमा ७ः१३ बजेदेखि ८ः४३ सम्म काल बेला, बिहानमा ८ः४३ बजेदेखि १०ः१३ बजेसम्म शुभ बेला, बिहानमा १०ः१३ बजेदेखि ११ः४३ बजेसम्म रोग बेला, बिहान ११ः४३ बजेदेखि दिनमा १ः१३ बजेसम्म उद्वेग बेला, दिनमा १ः१३ बजेदेखि २ः४३ बजेसम्म चर दिनमा २ः४३ बजेदेखि ४ः१३ बजेसम्म लाभ साँझ ४ः१३ बजेदेखि ५ः४३ बजेसम्म अमृत बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय ः बिहानमा ७ः३० बजेदेखि ९ः०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
युवा ज्योतिषी ः हरि पन्त, मोवाइल नं. ९८४६१४७३६९