प्रिमियर लिगमा चेल्सी चम्कियो, सिटीको हार ,युनाइटेडको खेल बराबरीमै


बार्सिलोना-

रियल मडि्रडबाट कीर्तिमानी ५९.७ मिलियन पाउण्डमा भित्रिएका एन्जल डि मारियाले आफ्नो डेब्यू खेलमा म्यानचेष्टर युनाइटेडलाई प्रिमियर लिग सिजनको पहिलो जित दिलाउन असफल भएका छन् ।
शनिबार म्यानचेष्टर युनाइटेडले बार्नलीविरुद्ध खेल्दा, खेल गोलरहित बराबरीमा सकिएको छ । डि मारियाले ७२ औं मिनेट पछि परिबर्तन गरिएको थियो । बराबरीपछि बार्नलीले पि्रमियर लिगमा अंकको खाता खोलेको छ ।प्रशिक्षक लुइस भान हालले क्लब सम्होलेपछि म्यानचेष्टर युनाइटेडले यो सिजन प्रिमियर लिगमा तीन खेल खेलेको छ तर, जित हात पार्न सकेको छैन
चेल्सीको अर्को जित

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति गोलको वर्षा भएको खेलमा डिएगो कोष्टाको दुई गोलको मदतमा चेल्सीले आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।बलियो प्रतिद्वन्द्वी एभर्टनलाई ६–३ गोल अन्तरले पराजित गर्दै चेल्सीले अपराजित यात्रा कायम राखेको हो ।

इभर्टनको घरेलु मैदानमा भएको खेलमा चेल्सीले पहिलो मिनेटमै कोष्टाको गोलबाट अग्रता लियो । दुई मिनेट लगतै इभानोभिचले गोल गर्दै पाहुना टोलीलाई २–० गोल अन्तरको अग्रता दिलाए ।

Diego-Costa2
पहिलो हाफको अन्तिम मिनेटमा इभर्टनका केभिन मिरायसले गोल गरे ।
दोस्रो हाफको ६७ औं मिनेटमा कोलिमनले आत्मघाती गोल गरेपछि चेल्सीले ३–१ को अग्रता लियो । तर, लगतै स्टीभेन नेएस्मिथ इभर्टनका लागि गोल गरे । ७४ औं मिनेटमा चेल्सीका माटिकले गोल गरे भने ७६ औं मिनेटमा इटोले इभर्टनका लागि गोल गरे । तर एक मिनेटपछि नै रामिरेजले गोल गरे । खेलको ९० औ मिनेटमा कोष्टाले व्यक्तिगत दोस्रो गोल गरेपछि चेल्सी ६–३ ले विजयी भयो । लगातार तेस्रो जितपछि चेल्सी ९ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति नै भएको खेलमा वेष्टब्रोमलाई ३–० ले पराजित गरेको स्वान्सीको पनि समान ९ अंक छ तर, गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

डिफेण्डिङ च्याम्पियन म्योनचेष्टर सिटी भने स्टोकसंग १–० ले पराजित भएको छ । प्रिमियर लिगको यो सिजन सिटीको पहिलो हार हो ।

_77279039_citystoketoureyell_getty_77280067_citystokehughesceleb_getty