पोखरामा गण्डकी अञ्चलस्तरीय साहित्य सम्मेलन सम्पन्न


पोखरा, भदौ १५ गते

पोखरामा शनिबार गण्डकी अञ्चलस्तरीय साहित्यिक कार्यव्रmम सम्पन्न भएको छ । काठमाडौँमा व्रिmयाशील समी साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यव्रmमको स्थानीय संयोजन कविता क्लब नेपालले गरेका थियो ।
प्रतिष्ठानका अध्यक्ष प्रदिप नेपालको अध्यक्षतामा भएको कार्यव्रmममा डा. यदुनन्दन उपाध्यायले ‘गण्डकी अञ्चलका साहित्यकार’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उपाध्यायले गण्डकी क्षेत्रका साहित्यकारहरु हरेक दृष्टिले सशक्त रहेको दाबी गर्दै अझै खोजी गर्नुपर्ने काम बाँकी नै रहेको बताउनुभयो ।
कार्यपत्रमाथि धारणा प्रस्तुत गर्दै नाटककार तथा कवि अशेष मल्लले गण्डकीको समृद्ध साहित्यकारहरुको बारेमा खोजी गर्न कार्यपत्रले आधार तयार पारेको बताउनुभयो ।
यस्तै, अर्का समालोचक तथा साहित्यकार डा. कृष्णहरि बरालले गण्डकीको साहित्यिक स्रष्टाहरुका बारेमा विस्तृत खोजी गरी कृतिगत रुपमै इतिहासबद्ध गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका सचिव श्रीओम श्रेष्ठ ‘रोदन’ले समीले यसअघि धौलागिरीको कार्यव्रmम सम्पन्न गरिसकिएको जानकारी दिँदै चौधै अञ्चलमा कार्यव्रmम गरेर हरेक अञ्चलको साहित्यिक अभिलेख प्रकाशन गर्ने अभियान थालेको जानकारी दिनुभयो । नेपाली साहित्यको पुरस्कार वितरणमा देखिएको विकृतिप्रति तिब्र असन्तुष्टि व्यक्त गर्दै समीले स्वच्छ ढङ्गले पुरस्कार दिने परम्पराको थालनी गरेको जिकिर गर्नुभयो ।
कार्यव्रmम संयोजक रमेश श्रेष्ठ स्वागत गर्नुभएको कार्यव्रmममा साहित्यकार तथा राजनीतिज्ञ दीनानाथ शर्माले साहित्य र राजनीति सापेक्ष हुने भन्दै साहित्यले आफूलाई पछिल्लो समयमा निकै आकर्षण गरिरहेको बताउनुभयो ।
आयोजक मूल समितिका संयोजक रुपिन्द्र प्रभावीद्वारा सञ्चालित कार्यव्रmममा कार्यव्रmमका सहयोगी अक्सफोर्ड इन्टरनेशनल पब्लिकेशनका अध्यक्ष डोलिन्द्रप्रसाद शर्माले कार्यव्रmममाथि प्रकाश पार्नुभएको थियो ।
कार्यव्रmममा फडिन्द्र सङ्गम, जय छाङ्छा, सुरज उपाध्याय, कपिल शर्मा, अल्पज्ञानी, जमुना आर. सी., ईश्वरमणि अधिकारी, दीपक समीप, सौगात पोखरेल, अमृत सुवेदी ‘गुराँस’, उदिपराज ढुङ्गाना, सञ्जीव पौडेल, अर्जुनकुमार ढकाल, जीवन सागर भण्डारी, दुर्गाबहादुर शाह बाबा, भीम रानाभाट, नारायण मरासिनी, कल्याण पन्त, भवानी पाण्डे ‘भाष्कर’, विवेक देवकोटा, विष्णुप्रसाद पराजुली, कल्पना चिलुवाल, आनन्दसुन्दर श्रेष्ठ, जनार्दन दाहाल, दुर्गा न्यौपाने, पद्मराज ढकाल, सरस्वती प्रतीक्षा, सरस्वती श्रेष्ठ ‘सरु’, राजिव रिमाल, सुमन लम्साल, पत्थर यो दासलगायत गण्डकीका पाँच जिल्लाका स्रष्टाले आफ्ना रचना वाचन गर्नुभएको थियो ।