सरकारद्वारा १८ सभासद मनोनयन (सुची सहित)


काठमाडौं, भदौं १३ –

सरकारले मन्त्रिपरिषद्ले मनोनयन गर्ने २६ सभासदमध्ये १८ जना मनोनित गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सत्तारुढ कांग्रेसको भागमा परेको ९, एमालेको भागमा गरेको ८ र र विपक्षी राप्रपा नेपालको भागमा परेको एक गरी १८ सभासद मनोनित गरेको छ । राप्रपा नेपालका तर्फबाट गणेश थापा सभासद भएका छन् । उनी अध्यक्ष कमल थापाका भाइ हुन् ।

नेपाली कांग्रेसको तर्फबाट :
राधेश्याम अधिकारी-कानुनविद् काठमाडौ,
शिवबहादुर खड्का-रामेछाप,
पुष्कर आचार्य-ट्रेड युनियन-मोरङ
रेशम बानिँया-म्याग्दी,
शकलदेव सुतिहार-अल्पसंख्यक जनजाति-सप्तरी
रुक्मिणी कोइराला-मोरङ,
सूर्यदेव दास उराव-सुनसरी,
उमेश श्रेष्ठ-शिक्षाविद्, काठमाडौं
अनिलकुमार रू‌गटा-पर्सा

एमालेका तर्फबाट :
उदय नेपाली श्रेष्ठ-कानुनविद्,
अग्नि खरेल-कानुनविद,
गंगा डाँगी-समाजसेवी-मोरङ,
मिरा धुजु-जनजाति र समाजसेवी,काठमाडौ,
पेम्बा बोटे-आदिवासी जनजाति समाजसेवी-बाजुरा
नरेश खरेल-सामाजसेवी-झापा,
डा. राजन भट्टराई-परराष्ट्रविद
पर्तमान धिमाल-अल्पसंख्यक जनजाति, मोरङ
राप्रपा नेपालका तर्फबाट :
गणेश थापा- एन्फा अध्यक्ष(खेलकुद)