युरोपका सर्वोत्कृष्ट खेलाडी बने क्रिस्टियानो रोनाल्डो


बसन्त रानाभाट ,बार्सिलोना

रियल मड्रिडका फरवार्ड खेलाडि क्रिस्टियानो रोनाल्डो युरोपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । फ्रान्सको मोनाकोमा बिहीबार राति भएको भएको एक समारोह बिच सिजन २०१३ -२०१४ को सर्वोत्कृष्ट खेलाडीमा रोनाल्डोलाई घोषणा गरिएको हो । च्याम्पियन्स लिग समूह चरणको ड्र र्सार्वजनिक कार्यक्रममा युइएफएका अध्यक्ष मिचेल प्लाटिनीले अवार्ड प्रदान गरेका हुन् । उनले जर्मनी क्लब बायर्न म्यूनिखका जर्मन गोल रक्षक म्यानुयल नुयेर र बार्यनकै मिडफिल्डर आर्जेन रोविनलाई पछि पार्दै उपाधी हात पारेका हुन् ।
हातमा ट्रफी लिदै रोनाल्डोले भने रियलले धेरै प्रतिक्षा पछि डेसिमाको अनुभब लियो, हामीले स्पेनिस कप पनि जित्यौ र हालै युरोपियन सुपर पनि,यसको लागि सबै भन्दा पहिले म मेरो टिमलाई धन्यबाद दिन चाहन्छु जसको कारणले यो सम्भब भयो। हामी युरोपियन टाईटल रक्षा गर्न सक्ने क्षमतामा छौ ,हामी सबै ट्रफी जित्ने कोशिस गर्ने छौ रोनाल्डो ले भने।

ronaldo
युरोपियन देशका ५३ खेल पत्रकारहरूले गरेको अनलाईन मतदानका आधारमा रोनाल्डोले सर्बाधिक मत पाएका थिए। पत्राकारले गरेको अन्तिम चरणको भोटमा रोनाल्डोले २५ , नुयेर १८ र रोविनले ९ मत पाएका छन् । पत्राकारहरुले आ आफ्नो मिटर बक्सबाट कार्यक्रम हलबाट नै अनलाईन भोटिंग गरेका थिए ।
२९ बर्षिय पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो गत सिजनको च्याम्पियन्स लिगका ११ खेलमा १७ गोलको कीर्तिमानी सँगै  रियललाई उपाधि दिलाएका थिए । जित सँगै रियलले च्याम्पियन्स लिगमा दश ट्रफी भित्राउने एक मात्र क्लब बनेको छ । गत सिजनमा स्पेनिस ला लिगामा रोनाल्डोले ३० खेलमा ३१ गोल गर्दै गोल्डेन बुट ( लुईज स्वारेस सँगै ) जित्तै पुरा सिजनमा रियलका लागि ५१ गोल गरेका थिए ।

10627408_760178644027680_1968557972_o Cristiano-Ronaldo10653726_10152728101252164_3192675036478811793_n 10253808_10150667681019953_8908306676275772085_n

 

10537149_10150667681329953_3999555979474164049_n