५९.७ मिलियन पाउण्डमा डि मारिया म्यानचेष्टर युनाइटेड भित्रिए


म्यानचेष्टर,

कीर्तिमानी मूल्यमा अर्जेन्टिनी विंगर एन्जल डि मारियालाई म्यानचेष्टर युनाइटेडले क्लबमा अनुवन्धन गरेको छ । ब्रिटिस ट्रान्सफरको कीर्तिमानी रकम ५९.७ मिलियन पाउण्डमा २६ वर्षका डि मारिया वल्र्ड ट्राफर्डमा भित्रिएका हुन्

डि मारियाले पाँच बर्षे सम्झौतामा हस्ताक्षर गर्दै आफु क्लबमा फ्यानले सामाजिक संजालबाट दिएको प्रतिक्रियाबाट उत्साहित भएको बताएका छन्। उनले शनिबार बार्नेलीविरुद्ध प्रिमियर लिगमा डेब्यू गर्नेछन् ।
२६ वर्षका डि मारिया स्पेनिस जाइन्ट रियल मड्रिडमा महँगा खेलाडीहरु भित्रिए पछि आफ्नो भबिष्यको खोजी गर्दै युनाइटेड पुगेका हुन्। उनले  म्यानचेष्टर युनाइटेड क्लबमा रहदा डेविट बेकाम्म , क्रिस्टियानो रोनाल्डोले लगाउने गरेको जर्सी नम्बर ७ लगाउने भएका छन्,   युनाइटेडका प्रशिक्षक लुइस भानगालपनि गत सिजनमा जस्तै पुर्ब प्रशिक्षण डेबिड मोईजले जस्तै दबाफ खेपी रहेका छन्। डी मारिया विश्वस्तरको खेलाडी भएको बताउदै आफ्नो आफ्नो टोलीलाई खेलको लयमा फर्काउने विश्वास ब्यक्त गरे।
डि मारियाले भने भानगाल शानदार कोच भएको र उनको भिजनबाट आफू प्रभावित रहेको बताए । युनाइटेडले प्रिमियर लिगका दुई खेल मध्ये पहिलो खेलमा घरमा नै हार ब्योहोरेको थियो भने अर्को खेल बराबरी खेल्दै मात्र १ अङ्ग बटुलेको छ ।