नेपाली जनसम्पर्क समिती स्पेनको अध्यक्षमा पुन: दाबी गर्दिन- चिन्तामणि सापकोटा


बार्सिलोना –

10155771_10152418350431171_6184128267278771283_n

नेपाली जनसम्पर्क समिती स्पेनका अध्यक्ष चिन्तामणी सापकोटाले बिगतमा हुदै आएका छलफल र सहमतिलाई कार्य आधार बनाई नयाँ नेतृत्व आउनु पर्ने बताएका छन् ।
उनले तत्कालको अवस्थालाई पनि समेट्ने गरि सहमति वा चुनाबबाट नयाँ नेतृत्व आउनु पर्ने बताएका हुन् ।
नेपालीनेपाली डटकमले फेरि पनि अध्यक्षमा दाबी गर्ने हो ? भनी सोधिएको प्रश्नमा उनले भने, ” हैन म अब अध्यक्षको दाबी गर्दिन अब नयाँ पुस्तालाई हस्तान्तरण गर्नु पर्छ , यो सबैलाई मेरो मिडियाबाट औपचारीक जानकारी पनि हो।”
सन् २००७ मा तदर्थ समितिका संयोजक बनेका सापकोटा अध्यक्षमा पहिलो र दोस्रो निर्बाचनबाट क्रमश: पुष्पराज भण्डारी र एकराज गिरी सँग पराजित भए भने तेस्रो अधिबेशनबाट सर्ब सहमत अध्यक्षमा चुनिएका थिए । नेपाली जनसम्पर्क समितिको अधिबेशन आगामी सेप्टेम्बर १५ तारिक स्पेनको बार्सिलोनामा हुदैछ ।
अधिबेशन सफल पार्न कार्यसमिती रहने गरी बनेको मूल आयोजक समितिका समन्वय संयोजक समेत रहेका सापकोटाले सदस्यता विस्तारलाई तिब्र पारिएको जनाएका छन् । यसअघि  समितिका बरिष्ट उपाध्यक्ष शालीकराम डुम्रे ,महामन्त्री बेदराम कडेल र सल्लाहकार बिष्णु रिजालले आगामी कार्यकालको अध्यक्ष पदका लागि नेपाली नेपाली डटकम सँग कुराकानी गर्दै दाबी गरेका थिए । समितिले चौथो अधिबेशनको लागि पुष्पराज भण्डारीको संयोजकत्वमा बिनोद लामिछाने र नारायण पौडेल सदस्य रहने गरी तिन सदस्यीय निर्वाचन समिती समेत गठन गरिसकेको छ ।

यसै बीच आगामी सेक्टेम्बर ९ तारिक, बार्सिलोनामा बि.पी. जयन्तिको अबसरमा हुने खुल्ला भलिबल कपको तयारी चली रहेको छ । हरेक बर्ष ७ देखी ९ संघ सस्थाले प्रतियोगितामा भाग लिने गरेको बताउदै अध्यक्ष सापकोटाले यस बर्ष पनि सहभागिता जनाउन सबैलाई अनुरोध गरेका छन् ।