मलेसियाली कम्पनीमामा आगो लगाउदा नेपाली सहित ४२ जना प्रक्राउ


काठमाडौं, भदौ ११ –

कम्पनीमा आगो लगाएको अभियोगमा मलेसियाली प्रहरीले इलेक्ट्रोनिक्स सामग्री निर्यात कम्पनी जेसिवाइ इन्टरनेशनलमा कार्यरत नेपालीसहित ४२ जना कामदारलाई पक्राउ गरेको छ । कम्पनीमा आगो लगाएको अभियोगमा उनीहरूलाई पक्राउ गरेको रोयटर्सले जनाएको छ। आगो लगाउने काममा १ हजार भन्दा बढी नेपाली कामदारको पनि संलग्न रहेको भन्दै उक्त घटनामा नेपालीहरू पनि पक्राउ परेका हुन् ।

 

पक्राउ पर्नेहरुमा नेपाली समेत परेको सूचना पाएपछि अहिले क्वालालम्पुरस्थित नेपाली दूताबासका अधिकारी घटनास्थल पुगेका छन्। कम्पनीको लापरवाहीको कारण बिहीबार छातिको बिरामी परेका झापाका हर्कबहादुर निरौलाको मृत्यु भएको घटनालाई लिएर कामदार र कम्पनीबीच विवाद चर्किएपछि कम्पनीमा आगो लगाएका थिए। विवाद समाधान गर्न क्वालालाम्पुर स्थित नेपाली दूताबासका उपनियोग प्रमुख हेमलाल भट्टराई शुक्रबार जोहरबारुस्थित उक्त कम्पनीमा पुगेका थिए।कम्पनीमा ७ देखि ८ हजार नेपाली कार्यरत छन्।