विविध निर्णय गर्दै जनसम्पर्क समिति स्पेनको बैठक सम्पन्न 


बार्सिलोना। नेपाली जनसम्पर्क समिति स्पेनले विविध निर्णयहरु गर्दै  नियमित बैठक सम्पन्न गरेको छ। समितिको विहिबार बार्सिलोनामा बसेको कार्यसमिति बैठकले वबर्तमान कार्यसमितिको आर्थिक आयव्यय विवरण सार्वजनिक गर्दै विभिन्न उपसमितिहरु समेत गठन गरेको हो ।

समितिका कोषाध्यक्ष लिल रोकाले प्रस्तुत गरेको आर्थिक विवरणमा बर्तमान कार्यसमितिको कार्यकालमा १२ हजार ७८१ युरो ११  सेन्ट आम्दानी र ११ हजार ५६६ युरो २५ सेन्ट खर्च बिबरण कार्य समितिको बैठकले अनुमोदन गरेको महामन्त्री विनय अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। 

तर बैठकले पूर्व कार्यसमितिलाई हिसावकिताव र कागाजपत्र बुझाउन पत्राचार गर्ने निर्णय गरेको छ।‘निर्बाचन समितिबाट नगद पटक-पटक गरी २ हजार २२१,४१ युरो प्राप्त भएको छ।समिती प्रति धन्यबाद ब्यक्त गर्दै निर्बाचन समितीको थप कागजपत्र र पूर्व कार्यसमितिको हिसाबकिताब र कागजपत्र यथासिघ्र बुझाउन बैठकमार्फत पत्राचार गर्ने निर्णय भएको छ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ। 

पूरानो रकम र कागाजात बुझाउन अनुरोध गरिएको भएपनि कति रकम अपूग हो भन्नेबारे विज्ञप्तिमा प्रष्ट उल्लेख भने भएको देखिदैन। 

समितिको बैठकले लेखा तथा आर्थिक समितिमा शिव उपाध्याय,अनुशासन समितिमा यज्ञ प्रसाद अधिकारी,संगठन विस्तारमा राम प्रसाद सापकोटा (बिराज),युवा परिचालन तथा समिती विस्तारमा दिपक आचार्य र क्षेत्रिय समिती समन्वय तथा बिस्तारमा कुल चन्द्र पन्थीलाई संयोजकको जिम्मेबारी दिएको छ। 

समितिका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले विपी जयन्ति कप भलिबल प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा धन्यबाद ब्यक्त गरेको छ। 

विज्ञप्तिको पूर्ण पाठ : 

मिति २४ नोबेम्बर २०२२ का दिन नेपाली जन सम्पर्क समिती स्पेनको नियमित बैठक सम्पन्न भएको छ । अध्यक्ष श्री सन्तोष श्रेष्ठज्युको अध्यक्षतामा बसेको  नेपाली जन सम्पर्क समिति स्पेनको नोभेम्बर महिनाको नियमित बैठक  निम्न निर्णयहरु गर्दै सम्पन्न भएको छ।  

१)  १९ सेप्टेम्बर २०२२का दिन सम्पन्न १०९ औ विपी जयन्ति खुल्ला भलिबल प्रतियोगिता भब्य रुपमा सफल बनाई दिनु भएकोमा सम्पूर्णमा यस कार्यसमिति हार्दिक धन्यवाद व्यक्त गर्दछ।  प्रतियोगितामा विजेता पुरुष तर्फ क्षेत्री समाज स्पेन र उपविजेता बी सी  एन  ग्रुप नेपाल,  महिला तर्फबाट महिला फोरम टिम बि,  उत्कृष्ट खेलाडी संजय क्षेत्री ज्यु , अनुसाशित खेलाडी दिलिप रानाज्यूलाई हार्दिक बधाई साथै आगामी दिनमा अझै बढी सफलताको   शुभकामना व्यक्त गर्दछ। 

 प्रतियोगितामा नेपाली जन सम्पर्क समिति स्पेनको निमन्त्रणा स्वीकार गरि प्रतियोगितामा भाग लिनु भएका गैर आवासीय नेपाली संघ स्पेन , प्रवासी नेपाली मंच ,  नेपाली जनप्रगतिशिल  मंच , जन सम्पर्क समिति मद्रिड , गुरुङ समाज स्पेन  , क्षेत्री समाज स्पेन , स्याङ्जा सहयोग समाज  स्पेन , मोना स्पेन , महिला फोरम ए, महिला फोरम बी , सबैलाई यस कार्य समिति आभार व्यक्त गर्दछ।  

प्रतियोगितामा नेपाली जन सम्पर्क समिति स्पेनको निमन्त्रणा स्वीकार गरेर पाल्नु भएका प्रमुख अतिथि गैर आवासीय नेपाली संघ यूरोप संयोजक श्री चिन्तामणि सापकोटाज्यू , बिशेष अतिथिहरु पूर्व अध्यक्ष श्री पुष्पराज भण्डारीज्यू , गैर आवासीय नेपाली संघ स्पेनका अध्यक्ष श्री शालिक राम डुम्रेज्यू , पूर्व अध्यक्ष श्री इन्द्र प्रसाद शर्माज्यू , साथै गैर आवासीय नेपाली संघ स्पेनका संरक्षक एबं नेपाली जन सम्पर्क समिति स्पेनका सल्लाहकार श्री भिषम कुमार गुरुङ ज्यु,  नेपाली जन सम्पर्क समिति स्पेनका सल्लाहकार श्री बिष्णु रिजालज्यु , प्रबाशी नेपाली मंचका अध्यक्ष श्री हेमन्त रानाभाट ज्यू , नेपाली जन प्रगतिशील मंचका अध्यक्ष श्री बिशाल ढुंगानाज्यू  तथा अन्य सम्पूर्ण संघ संस्थाबाट पाल्नु भएका अध्यक्षज्यू,  खेलाडीहरु र सम्पूर्ण स्पेनबासी नेपालीहरुमा पनि यस बैठक  हार्दिक धन्यवाद व्यक्त गर्दछ। 

साथै प्रतियोगितालाई निश्पक्ष रुपमा संचालन गर्नु हुने रेफ्री संयोजक राजु थापाज्यू , रेफ्री सुनिल थापा , रेफ्री लक्ष्मण प्रताप सिंह, रेफ्री भारत श्रेष्ठ , लगायत सम्पूर्ण रेफ्रीहरुलाई पनि हार्दिक आभार व्यक्त गर्दछ।  प्रतियोगितालाई व्यवस्थित र भब्य बनाउनका लागि गहन जिम्मेबारी निभाउनुहुने संयोजक श्री लिल रोकाज्यू , सहयोग गर्नु हुने लेकाली घिमिरेज्यु , गैर आवासीय नेपाली संघ स्पेनका महासचिब श्री बिदुर गौतमज्यू ,  गैर आवासीय नेपाली संघ स्पेनका कोषाध्यक्ष श्री सन्त बहादुर क्षेत्रीज्यू , गैर आवासीय नेपाली संघ स्पेनका  पूर्व सल्लाहकार श्री यज्ञ नारायण पौडेलज्यू सबैलाई यस बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ । 

२) नेपाली जन सम्पर्क समिति स्पेनका कोषाध्यक्ष श्री लिल रोकाज्यूले प्रस्तुत गर्नु भएको यस कार्यसमितीको कार्यकाल शुरु भएदेखी हालसम्मको यस आर्थिक बर्षको हिसाब १२७८१,११ यूरो आम्दानी र ११५६६,२५ यूरो खर्च भएको आय ब्यय बिबरण यस कार्य समितिको बैठकले  अनुमोदन गर्दछ ।

३ ) जन सम्पर्क समितिको यस बैठकले निम्न उपसमितिहरु गठन गरेको छ। उक्त उपसमितीमा थप सदस्यहरु आगामी कार्यसमितीको बैठकमा सम्बन्धित संयोजक ज्युहरुबाट  प्रस्ताब गरी उपसमितीलाई पुर्णता दिने निर्णय गरिन्छ । 

क)  लेखा तथा आर्थिक समिति 

–  संयोजक उपाध्यक्ष  शिव उपाध्याय, सदस्यहरु  

ख) अनुशासन समिति 

-संयोजक उपाध्यक्ष यज्ञ प्रसाद अधिकारी, सदस्यहरु 

ग) संगठन विस्तार—

– संयोजक उपाध्यक्ष राम प्रसाद सापकोटा बिराज  

सदस्यहरु 

घ) युवा परिचालन तथा समिती विस्तार समिति  

संयोजक सहमहामन्त्री दिपक आचार्य 

ङ) क्षेत्रिय समिती समन्वय तथा बिस्तार समिति 

– संयोजक सहमहामन्त्री कुल चन्द्र पन्थी 

रहने निर्णय गरियो । 

४) निर्बाचन समितिबाट सम्पूर्ण हिसाब जम्मा जम्मी नगद पटक पटक गरी २२२१,४१ युरो प्राप्त भएको छ  । जसका लागी यो बैठक निर्बाचन समिती प्रती धन्यबाद ब्यक्त गर्दै साथै निर्बाचन समितीको थप कागजपत्र र पूर्व कार्यसमितिको हिसाब किताब र कागजपत्र  पनि छिटो भन्दा छिटो बुझाउन पत्राचार गर्ने निर्णय गरियो। 

५) नेपाली जन सम्पर्क समिति स्पेनले स्वर्गिय  जनक प्रसाद सापकोटाज्यूको परिवारलाई सहयोग गर्ने अभियानमा जम्मा रकम १४६९ यूरो जम्मा भएको छ । जस मध्य क्षेत्रिय समिती म्याड्रिडबाट  भएको सहयोग संकलन रकम ६०१ यूरो  रहेको छ । जम्माजम्मी ज स स स्पेनबाट संकलित १४६९ युरो एन आर एन द्वारा जनक परिबार सहयोगको लागि खोलिएको खातामा जम्मा गरी एन आर एन ए मार्फत  परिबारलाई सहयोग हस्तान्तरण गर्ने निर्णय गरियो।  

६)  यस बैठकले नेपालमा हालै सम्पन्न निर्बाचनमा  नेपाली कांग्रसको तर्फबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्बाचित हुने सम्पूर्णलाई बधाई तथा पुर्ण सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछ।

महामन्त्री 

विनय अधिकारी