बेन्जिमाले जिते बालोन डि ओर अवार्ड


रियल मड्रिड र फ्रान्सका फरवार्ड करिम बेन्जेमाले पहिलो पटक वर्षको बालोन डी’ओर जितेका छन्।गत सिजन लिभरपुलमा रहेका साडियो माने दोस्रो र म्यानचेस्टर सिटीका केभिन डि ब्रुईन तेस्रो भए।

रियललाई २०२१-२२ मा च्याम्पियन्स लिग र ला लिगा जिताउन महत्वपूर्ण भूमिका निभाएका बेन्जेमाले ४६ खेलमा ४४ गोल गरेका थिए। गत सिजन गरेको प्रर्दशनका आधारमा बेन्जिमाले यस वर्षको बालोन डि ओर अवार्ड हात पारेका हुन् । लियोनल मेसीले ७ र क्रिस्टियानो रोनाल्डोले ५ पटक यो अवार्ड हात पारिसकेका छन् ।