तीजको लहर आयो बरिलै ! बार्सिलोनामा दिदिबहिनीहरुले कम्मर मर्काउदै 


बार्सिलोना। बर्षमा एक पटक आउने हरितालिका तीज पर्व। आफ्नो गाउँठाउँ,माईतिघर छोडेर बिदेशमा रहेका दिदिबहिनीहरुले पुराना दिनहरुलाई सम्झदै न्यास्रो मान्ने गर्दथे। तर आजभोली समय अलि बदलिएको छ बिदेशमा पनि तीज विशेष कार्यक्रमहरु हुने भएपछि दिदिबहिनिहरुले रमाईलो मान्न थालेका छन्। 

स्पेनको बार्सिलोनामा तीज विशेष कार्यक्रम हुन लागेको झन्डै डेढ हुन लागिसक्यो। हरेक बर्ष तीजको अवसरमा ३-४ सय दिदिबहिनीहरु एउटै हलमा पुगेर कम्मर मर्काउने गरेका छन्। कहिँले नेपालदेखि आएका कलाकारहरुको साथमा त कहिँले तीजे भाकाको तालमा। 

यसपटकपनि प्रवासी नेपाली मञ्च स्पेनले बार्सिलोनामा अगष्ट २९  सोमबारका दिन कार्यक्रमको आयोजना गरेको छ।लगातर दुई बर्षसम्म कोरोना कहरका कारण ठुलो समूहमा तीज मनाउन नपाएका दिदीबहिनीहरु यो पटक भने तीजे भाकाको तालमा कम्मर मर्काउने भएका छन्।   

कार्यक्रममा ख्याति प्राप्त लोक दोहोरी कलाकारहरु भगवान भण्डारी,देवीका केसी,पार्वती जिसी,सुमी घिमिरे सापकोटा लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने मञ्चका अध्यक्ष हेमन्त रानाभाटले जानकारी दिए। 

‘ दुई बर्ष कोरोनाका कारण तीज नै खल्लो भयो। तर यो बर्षको कार्यक्रममा ब्यापक सहभागिता रहने हामीले अपेक्षा राखेका छौ।’ अध्यक्ष रानाभाटले भने, ‘आउनुहोस् विदेशमा हामी छौ। माईति सम्झेर आउनुहोला कार्यक्रम पनि निशुल्क राखेका छौ। कार्यक्रमलाई ऎतिहासिक बनायौं।’ 

कार्यक्रमबारे पूर्ण जानकारी :-

    •  मिति: २९ अगष्ट २०२२, सोमवार 
    • समय: दिउँसो ३ बजेदेखि राति १२ बजेसम्म 
    • स्थान:salon de eventos el prado
    • Calle de l, Almirall oquendo-51 08930 danta adria de Besos
  • प्रवेश नि:शुल्क 
  • आयोजक: प्रवासी नेपाली मञ्च स्पेन