बार्सिलोनामा साँस्कृतिक धमाका हुँदै 


बार्सिलोना। नेपाली जनसम्पर्क समिति स्पेनले बार्सिलोनामा नेपाली नयाँ बर्ष विशेष कार्यक्रम गर्ने भएको छ।आउँदो साता मे १ मा  समितिको आयोजनामा नेपाली कला संस्कृति झल्कने कार्यक्रम हुने भएको हो। 

सवै नेपालीहरुका लागि साझा कार्यक्रम नाम दिईएको  ‘नयाँ बर्ष २०७९ साँस्कृतिक धमाका’ को तयारी पूरा भएको आयोजकले जनाएको छ। 

नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठले कोभिड महामारीपछि नेपालीहरुवीच वृहत जमघट हुने भन्दै कार्यक्रम विशेष हुने बताए। ‘हामी दुई बर्ष खुलेर हिडडुल गर्न सकेनौं। महामारीपछिको नेपाली समुदायमा हुने यो वृहत कार्यक्रम हो। त्यसैले निशुल्क पनि गरेका हौँ।’

कार्यक्रममा कलाकारहरु रमिला न्यौपाने,सन्दिप न्यौपाने,साईमा श्रेष्ठ लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रममा चर्चित स्टोरी टेलर साईग्रेस पोखरेलको पनि विशेष प्रस्तुति रहने भएको छ। 

आयोजकका अनुसार नेपाली पाठशाला,वान स्पेन,ईनास स्पेनको प्रस्तुति लगायत अन्त्यमा डिजे पार्टीको समेत व्यवस्था गरिएको छ।