संसोधित विधान प्रमाणिकरणको माग राख्दै घले समूह परराष्ट्र मन्त्रालयमा


गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक शेष घलेले आह्वान गरी हालै सम्पन्न भएको दशौं महाधिवेशनबाट पारित बिधान परराष्ट्र मन्त्रालयमा दर्ता गरिएको छ ।आइतबार नवनिर्वाचित अध्यक्ष बिनोद कुवँर सहितका पदाधिकारी मन्त्रालय पुगेर दशौं महाधिवेशनबाट पारित बिधान स्वीकृतिका लागि दर्ता गरेका हुन् ।

‘महाविधेशन हलले वृहत्तर छलफल गरी संस्थाको हितका लागि विधानका प्रावधानहरु संसोधन गरेका थियौं’ अध्यक्ष कुवँरले भने– संसोधित विधानको कपी र तीन महलेसमेत मन्त्रालयमा स्वीकृतिका लागि दर्ता गरेका छौं ।’

प्रमुख संरक्षक घलेको आह्वान यही मार्च २२ देखि २४ तारिखमा काठमाण्डौको याक एण्ड यति होटलमा संघको दशौं महाधिवेशन सम्पन्न भएको थियो ।

संघमा पछिल्ला केही महिनायता देखिएको बिबादका कारण अर्को पक्ष भने महाधिवेशन प्रकृयामा सामेल भएको थिएन । महाधिवेशनमा सामेल नभएको पक्षले हिजोदेखि ललितपुरमा बेग्लै महाधिवेशनको आयोजना गरिरहेको छ ।

हेर्नुस् पत्र