एनआरएन विवाद :चुनाव फेरि अनिश्चित 


बार्सिलोना। निर्वाचन तालिका स्थगित भएसंगै एनआरएन नेतृत्वलाई हुने चुनाव फेरि पनि अनिश्चित बनेको छ।निर्वाचन समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन मिति बाहेकका सबै कार्य तालिका स्थगित गरेको हो । 

मतदाता सुची पूर्ण रुपमा प्राप्त नभईसकेकाले तालिका प्रभावित भएको सूचनामा उल्लेख गरिएको छ। निर्वाचन तालिका स्थगित भएसंगै एनआरएन नेतृत्वलाई हुने चुनाव फेरि पनि अनिश्चित बनेको छ।

 अध्यक्ष पन्तले पटक -पटक निर्वाचन सम्पन्न गर्न हिम्मत नदेखाएको भन्दै अध्यक्षका अर्का प्रत्यासी डा.बद्री केसीको समूहले असन्तुष्ट ब्यक्त गरेको छ।

एनआरएनए घटनाक्रम :

एनआरएनए विवाद परराष्ट्र मन्त्रालयमा मात्रै सिमित रहेंन। उच्च अदालत पाटनसम्म पनि पुग्यो। एनआरएनएको निर्वाचन गराउन संरक्षक परिषद्लाई मन्त्रालयले निर्देशन दियो। तर परराष्ट्रको निर्णयको विरुद्व उच्च अदालत पाटनले निर्णय कार्यान्वयन नगर्नु भन्ने आदेश दियो।

उच्च अदालतको आदेशसंगै हौसिएको एनआरएन संस्थापन पक्षले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै डिसेम्बर २६ र २७ मा निर्वाचन तोकेको थियो।तर अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षले निर्वाचनमा सहभागी हुने कुनै संकेत देखाएन।महाधिबेशन प्रतिनिधिको विवाद टुंगाएर मात्रै निर्वाचन गर्नुपर्ने भन्दै दवाव दिदै आएको थियो।  

 घटनाक्रम त्यतिमा मात्रै सिमित रहेन।विवादकावीच निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त लिलामणि पौडेलले गत साता राजीनामा दिए।राजनीतिक दवावका कारण निर्वाचन आयुक्त पौडेलले राजीनामा दिएको संस्थापन पक्षको आरोप रहेको छ।

 संघका अध्यक्ष कुमार पन्तले आईतबार प्रमुख निर्वाचन आयुक्तमा कानूनविद भिमसेन बन्जरा नियुक्त गरे। तर पनि निर्वाचन समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन मिति बाहेकका सबै कार्य तालिका स्थगित गरेको छ। 

मतदाता सुची पूर्ण रुपमा प्राप्त नभईसकेकाले तालिका प्रभावित भएको सूचनामा उल्लेख गरिएको छ। निर्वाचन तालिका स्थगित भएसंगै एनआरएन नेतृत्वलाई हुने चुनाव फेरि पनि अनिश्चित बनेको छ।

 चार सदस्यीय उच्चस्तरीय समिति गठन:

 प्रतिनिधि सम्बन्धी विवाद संवाद र सहमतिका आधारमा समाधान गर्ने भन्दै अध्यक्ष कुमार पन्तले चार सदस्यीय उच्चस्तरीय समिति गठन गरेका छन् ।उक्त समितिमा संघका सल्लाहकार विश्वआदर्श पण्डित, एनआरएनए अमेरिकाका पूर्व सल्लाहकार डा. यादव पण्डित, सचिव गौरीराज जोशी र प्रवक्ता डिबि क्षेत्री रहेका छन् । 

अध्यक्ष पन्तद्वारा बुधबार जारी गरिएको वक्तव्यमा संघभित्र देखिएको बिषम परिस्थितिको सर्वसम्मत समाधान खोज्न प्रमुख संरक्षक, संरक्षकहरु, सल्लाहकारहरु र आइसीसी सदस्यहरुसँग सल्लाह जारी राखेको उल्लेख छ।  

स्रोतका अनुसार डा. बद्रि केसी र कुल आचार्यले एक एक वर्ष संघको नेतृत्व गर्नेगरी भागबण्डाको प्रस्तावबारे छलफल चलिरहेको छ। तर डा. केसीको समूहले विधान बिपरित कुनै पनि भागबन्डाको सहमतिमा नलाग्ने प्रतिक्रिया दिदै आएको छ।