स्पेनबाट दुई लाख साठी हजार रुपैंयाँ बाढी पहिरो पिडितलाई सहयोग 


बार्सिलोना। बाढी पहिरो पिडितहरुका लागि स्पेनबाट दुई लाख साठी हजार रुपैंयाँ संकलन गरी नेपाल पठाईएको छ। जन धनको क्षति भई हजारौं व्यक्तिहरु प्रभावित भएपछि पिडीतहरुको सहयोगार्थ स्पेनमा रकम संकलन सुरु गरिएको थियो। 

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य सुनिल रानाभाटको पहलमा सुरु भएको अभियानमा दुई लाख साठी हजार ७ सय ३२ रुपैंयाँ रकम संकलन भएको हो। अविरल वर्षाका कारण नेपालका पूर्वी तथा पश्चिमि भेगहरु प्रभावित भई ठूलो मात्रामा जन धनको क्षति भई हजारौं व्यक्तिहरु प्रभावित भएका छन् । 

उत्तर राई, तुलसी गुरुङ,महेश्वर घिमिरे ,यज्ञ नारायण पौडेल (रमेश) ,अक्कल बोहोरा, केशबराज कंडेल, दान बहादुर भुजेलको सकृयतामा स्पेनमा विभिन्न क्षेत्रहरुबाट रकम संकलन गरेका थिए। प्रस्तावित आईसीसी सदस्य दिनेश गिरीले रकम प्राप्त भईसकेको भन्दै प्रत्यक्ष रुपमा आँफै पुगेर राहत बितरण गर्ने बताएका छन्। हाल लुम्बिनीमा रहेका गिरीले भने ‘सोमबार प्रत्यक्ष रुपमा प्रभावित क्षेत्रमा नै पुगेर राहत बितरण गर्ने कार्यक्रम तय गरेका छौ।थप जानकारी दुई तिनभित्रमा नै दिनेछौ। रकम संकलनमा कार्यमा सहयोग पुर्याउने स्पेनबासी नेपालीहरुलाई संकलन अभियानका पहलकर्ता रानाभाटले धन्यबाद दिएका छन्। 

यसैबीच एनआरएनए स्पेनले भने बाढी पहिरो पिडितहरुको सहयोगार्थ राहत संकलन जारी राखेको छ। 

सहयोगदाताहरु 

१)दीप श्रेष्ठ        ~५१ युरो 

२)महेश घिमिरे  ~१५१  युरो 

३) हेमन्त रानाभाट  ~५१  युरो 

४)मुक्त ब. गुरुङ ~१०५  युरो 

५) सुनील रानाभाट~ १०१  युरो 

६) कमल थापा ~२१  युरो 

७)हेम सेर्पा~१०५  युरो 

८)सुरेन्द्र भुजेल~१५१  युरो 

९)यज्ञ नारायण पौडेल-४१  युरो 

१०)केशब राज कंडेल-५०  युरो 

११)अक्कल बोहोरा -५०  युरो 

१२)केदार नाथ ढुंगना-५१  युरो 

१३) दिनेश कुमार गिरी रू १०,०००  

१४) राम कंडेल- २५  युरो 

१५) तुलसी ब. गुरुङ ५१  युरो 

१६)उत्कर्ष प्रसाईं बराल ३५  युरो 

१७) उत्तर कुमार राई ५१  युरो 

१८) बल ब. कार्की   ५५  युरो 

१९) जानु गुरुङ    २५  युरो 

२०) देउकाजी गुरुङ ५१  युरो 

२१) दिनेशराज रेग्मी २५  युरो 

२२)दीपक क्षेत्री २५   युरो 

२३)रितेश श्रेष्ठ १०१  युरो 

२४) मेघनाथ ढकाल २५  युरो 

२५) उपेस थापा २०  युरो 

२६) सुन्दर गुरुङ २१ युरो  युरो 

२७) जन प्रगतिशील मंच, स्पेन (NPPF) २१० युराे

२८) सबिन पोख्रेल २१ युरो 

२९)संदेश पौडेल २० युरो

३०)अनुपसिङ्ग भण्डारी ३१ युरो

३१) पुलेन्द्र देउजा २५ युरो

३२), भिम कुमार श्रेष्ठ २१ युरो

३३) कोशिश राज महर्जन ५०युरो