बार्सिलोना लिगाको दोस्रो स्थानमा उक्लियो


बार्सिलोना। लिओनल मेसी र एन्टोनी ग्रीजमनको गोल मद्दतमा बार्सिलोनाले एथ्लेटिक विल्वाओलाई २-१ ले पराजित गरेको हो । विल्वाओलाई पराजित गर्दै बार्सिलोना स्पानिस ला लिगाको दोस्रो स्थानमा उक्लेको छ ।जितपछि बार्सिलोनाले रियल मड्रिडलाई पछि पारेको हो ।

खेलको २० औं मिनेटमा मेसीले फ्रिकिकबाट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । बार्सिलोनाको लागि मेसीको यो ६५०औं गोल समेत हो । ४९ औं मिनेटमा बार्सिलोनाका जोर्डी अल्बाले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो । त्यसपछि ७४ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए ।

जितपछि २० खेलबाट ४० अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भए पनि बार्सिलोनाले रियललाई गोल अन्तरमा पछि पारेको हो ।विल्वाओ २४ अंकसहित ११ औं स्थानमा रहेको छ ।