कुवेतमा कास्कीकी बुद्दीसीरीले गरिन आत्महत्या


हरीकृष्ण न्यौपाने

जिएनएनएन ।कास्की घर भई करिब ८ बर्ष देखी कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत बुद्दिसीरी परियारले झुन्डिएर आत्महत्या गरेकी छिन।३६ बर्षिय बुद्दिसिरीले १४ जनावरी, बिहीवार २०२१का दिन काम गर्ने घरमै झुन्डिएर आत्महत्या गरेकी हुन।

नेपाली राजदूताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले बुद्दिसीरी परियारले आत्महत्या गरेको प्रारम्भिक जानकारी नेपाली राजादूताबासमा आएको बताए।सिलवालले भने”सन २०१३ मा श्रम स्विक्रिती लिएर उनी घरेलु कामदारको रुपमा पहिलो पटक कुवेत आएको रेकेर्डमा देखिएको छ भने सन २०१५मा छुट्टी गएर पुन: फर्किएको देखिन्छ।

उनको मृत्‍युको पूर्ण बिबरण भने प्राप्त भैसकेको छैन। मृतकको परिवारसंग संपर्क भैसकेको र स्पोन्सर अनी परिवार संग समान्वय गरी दूताबासले कानुनी प्रकृया शुरु गरिसकेको छ।”