शान्ति स्तुपा नजिक पहिरो, १ को मृत्यू, ३ वेपत्ता


दिनानाथ वराल÷सन्देश श्रेष्ठपोखरा, ९ भदौ

कास्कीको पुम्दीभुम्दीस्थित शान्ति स्तुपा नजिकै पहिरो खस्दा १ जनाको मृत्यू भएको छ भने ३ जना वेपत्ता भएका छन् । त्यस्तै घाईते ३ जनाको उद्धार गरिएको छ ।
स्तुपाको तल उत्तर भेगमा रहेको वत्तिवहादुर गुरुङको घरमा गोकुल मगरले सञ्चालन गर्दै आएको टिपिकल लज एण्ड रेस्टूरेन्टलाई राति २ वजेतिर खसेको पहिरोले बगाउँदा सोही लजका १ मजदुरको मृत्यू भएको छ भने ३ जना मजदुर घाइते भएका हुन् ।

Pahiro_4
पहिरोमा परि वेपत्ता भएका लजका मजदुर प्रकाश थापा मगरको पूर्वान्ह करीब साढे १० बजे शव भेट्टिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृतक मगरको घर ओखलढुंगा गामलाङटार रहेको बताईएको छ । त्यस्तै सोही लजका मजदुर धादिङ कल्लेरीका २२ वर्षिय राम मगर, रेष्टुरेण्ट सञ्चालक गोकुल मगरका भाई रामेछाप सैवुका भुवन मगर र सिन्धुली आङ्साङका १८ वर्षिय मोहन मगर वेपत्ता छन् ।

 

Pahiro_22
उद्धारका लागि कास्कीका प्रहरी प्रमुख वसन्तकुमार लामाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदामको गरी १०२ जना, सशस्त्र प्रहरी वल कालिका गणबाट २७ र नेपाली सेनाको टोली खटिएको छ ।
त्यस्तै, सोही पहिरोले एउटा टायलको घर पुरिएर ३ जना घाईते भएका छन् । शान्ति स्तुपाको उत्तर पट्टीको डाँडो खस्दा पुम्दीभुम्दी वडा नम्बर १ भुम्दीका एकै घरका ३ जना घाइते भएका हुन् । पहिरोमा परेर ३० वर्षिया सुवि गुरुङ, उनको १४ वर्षिय छोरा प्रनेश गुरुङ र भतिजा १८ वर्षिय सूर्य गुरुङ घाईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Pahiro_3
घाइतेको राती नै प्रहरीले उद्धार गरेको थियो । घाइते ३ जनाकै नमस्ते हस्पिटल विरौटामा उपचार भईरहेको छ ।

kaski-ma-payro-tepakal-5kasiki-1

 

तस्बिरहरु : सुदर्शन रञ्जित