विश्‍वप्रसिद्ध चिनियाँ उद्यमी ज्याक मा वेपत्ता भएको आशंका !


बेइजिङ: चिनियाँ उद्यमी तथा अलीबाबा समूहका संस्थापक ज्याक मा पछिल्लो दुई महिनादेखि सार्वजनिक रुपमा नदेखिएपछि अनेक आशंका र प्रश्न उठ्न थालेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पछिल्लो मतभेद भइरहँदा अचानक गायव भएका ज्याक मा हराएका हुन् कि भन्ने प्रश्न उठ्न थालेको छ । सामाजिक सञ्जालमा समेत सक्रिय ज्याक माले पछिल्लो पटक अक्टोबर १० मा ट्वीट गरेका थिए ।

साथै उनी अफ्रिकाज बिजनेस हिरो नामको टिभी शोमा निर्णायकको रुपमा पनि उनी नियुक्त थिए । तर निर्णायकको सूचीबाट उनको नाम पनि अचानक हटाइएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।ज्याक माका प्रवक्ताले भने समय तालिका जुधेकाले गर्दा उक्त कार्यक्रममा उपस्थित हुन नसकेको प्रतिक्रिया दिएका छन् । पछिल्लो समय ज्याक मा सरकारी निकायहरुप्रति पनि आलोचना गर्न थालेका थिए ।

गत महिना उनीमाथि चीन सरकारले उनीमाथि छानविन समेत गरेको थियो । ब्लूमबर्ग बिलियनर्स इन्डेक्सका अनुसार ज्याक मा विश्वकै २५औं धनी व्यवसायीको रुपमा सूचीकृत चिनियाँ सफल उद्यमी हुन् । जसको कुल सम्पत्ती ५० दशमलब ६ बिलियन अमेरिकी डलर छ ।