नेपालमा थप १ हजार ३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि


काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा ९२८७ पीसीआर परीक्षण गर्दा थप १ हजार ३ सय ४३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ । बिहीबार देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ६६ रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ११ जना कोरोाना संक्रमित निको भएका छन् ।

यस सँगै निको हुनेको संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ५सय ५१ पुगेको छ ।

यता कोरोना बिमा रकम ७ दिनभित्रै भुक्तानी दिनु भन्ने आफ्नो निर्देशन कार्यान्वयन नभएपछि अर्थ मन्त्रालयले पुनः ताकेता निर्देशन पठाएको छ ।

अर्थमन्त्रालयले यस अघिको निर्देशन कार्यान्वयन नभएको भन्दै बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिलाई ३ दिनभित्रै कोरोना बिमाको रकम भुक्तानी गरी सो जानकारी मन्त्रालयमा पठाउन निर्देशन दिएको हो ।