थप २ हजार ९ सय ३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि


काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९ सय ३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महिला १ हजार १ सय ७६ र पुरुष १ हजार ७ सय ५७ जना गरी २ हजार ९ सय ३३ जनामा संक्रमण पुष्टि भएको हाे ।

यसैगरी पछिल्ले २४ घण्टामा ३ हजार १सय ५० जना निको भएका छन् । साेही अविधमा २४ जनाले कोराेना स‌क्रमणका कार०ा ज्यान गुमाएका छन् ।
याेसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ ।
हाल देशभर कुल संक्रमित १ लाख ७६ हजार ५ सय पुगेकाे ५ । निको हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ जना रहँदा सक्रिय संक्रमित ३७ हजार ५ सय २४ जना रहेको मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ६९ हजार ८१२ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १३ हजार ४४६ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ११९ जना रहेका छन् ।