थप २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ — नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

साेही अवधिमा २ हजार २६४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको १ लाख ३१ हजार २२२ संख्या पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ रहेकाे छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ४३ हजार ३४३ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ९ हजार २७९ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ४१० जना रहेका छन् ।

यसैगरी कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ९३७ पुगेको छ ।