डा. गोविन्द केसीको अनसत तोडियो


काठमाण्डौ – चिकित्सा शिक्षा सुधारको माग राख्दै विगत २८ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले आइतबार अनशन तोडनुभएको छ ।

शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले १९ औं आमरण अनशन आइतबार तोडनुभएको हो । डा.केसीले त्रिवि शिक्षण अस्पतालका सफाई कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनशन तोडनुभएको हो ।

डा. केसीले चिकित्सा शिक्षा सुधारका विभिन्न ६ बुँदे माग राख्दै भदौ २९ गतेदेखि जुम्लाबाट १९ औं अनशन शुरु गर्नुभएको थियो । डा. केसीलाई सरकारले अनशनको आठौं दिन काठाडौं ल्याएको थियो । शनिबार राती भएको सहमति पछि त्रिवि शिक्षण अस्पतालमा डा.केसी र सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । डा. केसीले अनशन तोडनुअघि प्रधानमन्त्री केपी शर्मा ओली, सरकारी वार्ता टोली, शुभचिन्तक तथा सहयोगीहरुलाई धन्यवाद दिनुभएको छ ।