प्रदेश ५ को स्थायी राजधानी भालुवाङ र प्रदेशको नाम लुम्बिनी पारित


काठमाण्डौ – प्रदेश ५ को स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो । प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको थियो ।यसरी प्रदेश नं ५ को स्थायी राजधानीको नाम दुई तिहाई भन्दा बढीले पारित गरेको छ । दुई तिहाईका लागि ५८ मत आबस्यक थियो । कांग्रेसका ५ जना सांसदले पक्षमा मतदान गरेका छन् । काँग्रेसका सांसदहरु भुवनेश्वर चौधरी, बाँकेका मोहम्मद याकुव अन्सारी, शंकर गिरि, डिल्ली चौधरी, अर्जुन श्रेष्ठले दाङको पक्षमा मतदान गरेका थिए ।
यसैगरी प्रदेश नं ५ को सभाले प्रदेशको नाम लुम्बिनी पारित गरेको छ । प्रदेश सभाको मंगलवार वसेको वैठकले प्रदेशको नाम टुङ्गाएको हो । प्रदेश सरकारले प्रस्ताव गरेको प्रदेशको नाम लुम्विनीको पक्षमा ७९ मत खसेको थियो भने विपक्षमा ४ मत खसेको सभामुख पुर्ण वहादुर घर्तीले संसदमा घोषणा गर्नु भएको थियो ।