नेपालमा थप १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि


काठमाण्डौ – नेपालमा आज १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ५ सय ८४ जनाको पीसीआर परीक्षण भएकोमा महिला ४ सय ६९ र पुरुष ८ सय ५६ जनामा संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ जना पुगेको छ ।
१० जनाको मृत्यु भएको छ भने १३२५ थप संक्रमित भएका छन ।

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ६ महिला र ४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ । काठमाडौंमा ४०, ६० र ६३ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । ललितपुरमा ७५, भक्तपुरमा ७२ र पाल्पा ४० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै धनुषामा ७६, काठमाडौंमा ८२, चितवनमा ८० र रुपन्देहीमा ६७ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ११ पुगेको छ ।
आज ९ सय ६६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । देशभरी ४६ हजार २ सय ३३ जना संक्रमित निको भएर घर फर्किएका छन ।
देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय ७८ जना रहेका छन् । देशभरी संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना संक्रमित रहेका छन देशभरी होम आइसोलेसनमा ८ हजार ४ सय ७ जना संक्रमित रहेका छन । आज १ सय ९० जना आइसियु र ३६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन । ७ हजार ४ सय ५१ जना क्वारेन्टिनमा रहेका छन ।