पछिल्लो २४ घण्टामा मात्र २ हजार २ सय ८७ जना डिस्चार्ज


काठमाडौ – नेपालमा पछिल्लो २४ घण्टामा मात्र २ हजार २ सय ८७ जना डिस्चार्ज भएका छन् । याेसगै नेपालमा कोरोना संक्रमण निको हुनेको कुल संख्या ३२ हजार ९६४ पुगेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशलामा १० हजार ६११ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै कुल संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ । उनीहरुमध्ये ३ सय ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको हो । देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ ।