कन्ट्याक ट्रेसिङमा परेका पोखराका २० जना प्रहरीमा कोरोना पुष्टि


पोखरा – तनहुँ व्यास २ की २० बर्षीया महिलाको उपचारकै क्रममा काठमाण्ठौंमा कोरोनाको कारण मृत्यु भएको छ । मृगौलाको समस्या भई डायालाईसिस गराउदै गरेकी महिलाको अल्का अस्पतालबाट थप उपचारको लागि त्रि.वि.शिक्षण अस्पतालमा लगेर उपचार गर्दा गर्दै भदौं १६ गते मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार यो संगै गण्डकी प्रदेशमा कोरोनाको कारण हालसम्म १५ जनाको मृत्यु भएको छ । कास्कीमा ५, गोर्खामा ३, स्याङजा र तनहुँमा २÷२ , बागलुङ, म्याग्दी र नवलपरासिमा एक ÷एक जना कोरोनाका कारण मृत्यु भएको छ ।

बुधबार कास्कीको पोखरामा २० जना प्रहरी सहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरी ६२ जनामा कोरोना शंक्रमण देखा परेको छ । पोखरा महानगरपालिका १७ मा २० जना प्रहरीमा कोरोना शंक्रमण पुष्टि भएको छ । बुधबार सार्वजनि भएको तथ्याङक अनुसार पोखरामा २० जना प्रहरी सहित २५ जनामा कोरोना शंक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले बताए ।

उनीहरु स्याङजाबाट पोखरा आएकोले कन्ट्याक ट्रेसिङमा परेको पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले बताए । पोखरा १७ का २० जना २१ देखि ४२ बर्ष उमेर समुहका प्रहरीहरुमा कोरोना पुष्टि भएको हो । पोखरा १४ मा २ जना ३० र ५७ बर्षका दुई जना महिला, पोखरा १३ मा २७ बर्षका एक पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

लमजुङ सुन्दरबजार २ का ५० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । उनी केही साता अघि ओमानबाट आएका हुन्। सुन्दरबजार ९ का ४९ बर्षीया एक महिलामा समेत कोरोना देखिएको छ । उनी स्थानिय किराना पसल संचालन भएको निर्देशनालयले जनाएको छ । अन्य व्यक्तिहरु भने कन्ट्याक ट्रेसिङबाट पहिचान गरिएको निर्देशक पौडेलले बताए । पोखराको पार्क ल्याण्ड अस्पतालमा काइृरत एक जना स्टार्फ नर्समा समेत कोरोना पुष्टि भएको छ । उनको स्थायी घर तनहुँ सुक्लागण्डकी १ मा पर्दछ ।

तनहुँ व्यास ६ का २४ बर्षीय पुरुष हाल पोखरा अम्मरसिंह चोकमा बसोबास गर्दै आएका उनीमा कोरोना शंक्रमण देखा परेको निर्देशनालयले जनाएको छ । उनी डोजर व्यवसाय भएको निर्देशनालयले जारी गरेको प्रेस विज्ञेप्तिमा उल्लखे गरिएको छ । शंक्रमितहरुलाई आइसुलेसन केन्द्रमा लगिएको छ । गण्डकी प्रदेशमा कोरोना शंक्रमित हुनेको सङख्या २ हजार २ सय ४६ जना पुगेको निर्देशक डा. शर्माले बताए ।